- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आफूलाई हटाएर कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएको भन्दै हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको भन्दै शाक्यले पुनर्वहालीको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
सर्वोच्च अदालतका सह-रजिष्टार बाबुराम दहालले शाक्यले पुर्नवहाली माग गर्दै रिट दर्ता गरेको जानकारी दिए । दायर रिटमा शाक्यले घिसिङको नियुक्ति बदर गरी आफ्नो पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका छन् ।
यसअघि सरकारले शाक्यसँगको सहमतीमा नै घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरेको बताएको थियो । तर घिसिङको नियुक्तिपछि शाक्य एकाएक अदालतको ढोका ढक्ढक्याउन पुगेका हुन् ।
शाक्यलाई सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर उर्जा आयोगमा पठाएको थियो । उनलाई त्यहाँ सचिव सरहको विशेष सुविधासहित पठाइएको थियो । तर उनले संविधानसम्मत आफू नियुक्त भएको भन्दै आफ्नो अधिकार हनन भएको दायर रिटमा भनेका छन् ।