arrow

भारतमा घटे संक्रमित

logo
एएनआई,
प्रकाशित २०७८ साउन ३२ सोमबार
corona-india-test5.jpg

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको सङ्ख्यामा सोमबार ठूलो कमी आएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३२ हजार ९७३ जना नयाँ संक्रमित थपिएका छन् । 

भारतमा पछिल्लो समय दैनिक संक्रमितको सङ्ख्यामा कमी हुँदै आएको छ । त्यसैगरी सक्रिय संक्रमितको सङ्ख्या पनि घट्दै गएको छ । 

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८१ हजार ९४७ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान जनाएको छ । यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् । 

सक्रिय संक्रमितहरुको यो सङ्ख्या कूल संक्रमितमध्येको १.१८ प्रतिशत हो । भारतमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या तीन करोड २२ लाख २५ हजार ५१३ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ३५ हजार ९०९ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड १४ लाख ११ हजार ९२४ पुगेको छ । कूल संक्रमितमध्ये ९७.४८ प्रतिशत संक्रमितहरु संक्रमणमुक्त भएका छन् । 

भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या चार लाख ३१ हजार ६४२ रहेको छ भने तीमध्ये ४१७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । 

यही अगस्त १५ सम्ममा भारतमा ४९ करोड ४८ लाख पाँच हजार ६५२ ओटा स्वाब परीक्षण गरेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । तीमध्ये ११ लाख ८१ हजार २१२ जनाको पछिल्लो एक दिनमा परीक्षण गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ