arrow

जसपामा ठाकुरलाई अन्तरिम आदेश दिन अस्वीकार

logo
रासस,
प्रकाशित २०७८ साउन ३२ सोमबार
Supreme-Court4.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका तत्कालीन अध्यक्ष महन्थ ठाकुरको पार्टीको आधिकारिकताको विषयमा दायर गरेको रिट निवेदनमा अन्तरिम जारी गर्न अस्वीकार गरेको छ।

न्यायाधीश द्वय दीपककुमार कार्की र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ठाकुरलाई अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्वाचन आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षको आधिकारिकता सदर भएको छ। “दलको आधिकारिताबारे आयोगबाट यही २०७८/४/११ मा निर्णय गरेको देखियो”,–आदेशमा भनिएको छ, “सो निर्णय कानुन बमोजिम छ वा छैन भन्ने अन्तिम निर्णयको विषय देखिएको, उठाइएका अन्य विषय अन्तिम निर्णय हुँदा विचार हुने  नै भएको र निवेदकलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको समेतबाट सुविधा र सन्तुलनलाई  दृष्टिगत गर्दा हाल माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपरेन।”

पार्टी आधिकारिकताको सन्दर्भमा आयोगले गरेको निर्णय खारेजीको माग गर्दै ठाकुरले सर्वोच्च अदालत रिट निवेदन दायर गरेका थिए। उक्त रिटमा साउन १० गते न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको थियो। यही साउन १५ गते न्यायाधीश द्वय ईश्वर खतिवडा र कुमार चुडालको संयुक्त इजलासले दुवै मुद्दालाई सँगै राखेर सुनुवाइ गर्ने आदेश गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ