arrow

अमेरिकामा रहेको अफगानी सम्पत्तिमा तालिवानलाई पहुँच नदिइने

logo
एएफपी
प्रकाशित २०७८ साउन ३२ सोमबार
taleban1.jpg
फाइल तस्बिर

वासिङ्टन। अमेरिकी खातामा राखिएका कुनै पनि अफगान सञ्चितमा तालिबान समूह पहुँचबाट वञ्चित हुने अमेरिकी प्रशासन अधिकारीले एएफपीलाई सोमबार बताएका छन्।

तालिवानको सहज कब्जापछि अमेरिकी सेनाले अफगानिस्तानको राजधानी खाली गरिरहेको बेला अधिकारीले भने, “अफगानिस्तानमा रहेको कुनै पनि केन्द्रीय बैङ्कको सम्पत्ति तालिवानलाई उपलब्ध गराइने छैन।”

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अप्रिलको अन्त्यमा केन्द्रीय बैङ्कको कूल सञ्चित ९.४ अर्ब डलर पुगेको थियो। तर यस विषयमा जानकार एक व्यक्तिका अनुसार ती मध्ये अधिकांश रकम अफगानिस्तान बाहिर राखिएको छ।

संयुक्त राज्य अमेरिकामा अफगान सञ्चितको कति हिस्सा छ भन्नेबारे अहिले स्पष्ट पारिएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ