arrow

अफगानिस्तान: चोरीको आरोपमा हात काटिने शासनले धेरै चिन्तित, लुक्दै भाग्दै दोभासेहरू

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १ मंगलबार
taliban-afgan.jpg

काबुल। अफगानिस्तानमा तालिबान लडाकुहरूले देशका विभिन्न क्षेत्रमा नियन्त्रण कायम गरी राजधानी काबुलमा प्रवेश गरेपछि उनीहरूले आफ्नो नेतृत्वको सरकार गठन गर्ने तयारी थालेका छन् । 

तालिबानले अफगानिस्तानलाई इस्लामिक राज्य घोषणा गर्ने तयारी गरिरहेको बताइएको छ । 

बिस वर्ष पहिले तालिबानलाई अमेरिकाको नेतृत्वमा नेटो सैनिक अफगानिस्तानमा पुगेपछि उनीहरूलाई भाषासम्बन्धी सहयोग गरेका हजारौँ अफगान नागरिक तथा अन्य सहयोगका लागि अफगानिस्तान पुगेका विदेशीहरू तालिबान समूहको निशाना बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । तालिबानको डरका कारण देशका विभिन्न स्थानबाट हजारौँ मानिसहरू भागेका छन् ।

अमेरिका, बेलायतलगायत युरोपेली मुलुकहरूले आफ्ना नागरिकलाई काबुलबाट फिर्ता गर्ने तयारी गरिरहेका छन् भने कतिपय एसिया, मध्यपूर्वलगायतका सीमा क्षेत्रका नागरिकहरू पनि आफ्नो सरकारले फिर्ता गर्ने पर्खाइमा रहेका छन् । 

यसैबीच नेटो सेनाका लागि २० वर्षदेखि काम गरेका दोभासेहरूका लागि तालिबानको सत्ता रोहण चिन्ताको विषय हुन पुगेको छ । तालिबानले उनीहरूलाई देशद्रोहीका रूपमा हेर्ने गरेको छ । नेटो सैनिकको अफगानिस्तानबाट फिर्तासँगै उनीहरूले तालिबानको निशाना बन्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

दोभासेहरूले आफूलाई बेलायत स्थानान्तरण गर्ने विषयमा स्पष्टता होस् भनेर अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । बेलायतले यस पहिले नै दोभासेको काम गरेका कम्तीमा एक हजार ८०० अफगान र उनीहरूका परिवारलाई बेलायत प्रवेश गर्न दिइसकेको बताएको छ । 

अफगानिस्तानमा रहेका अफगान नागरिकहरू जसले विदेशी सेना र मिसनमा दोभासेका रूपमा काम गरेका थिए उनीहरू त्रासमा बाँचिरहेका छन्। उनीहरूको डर आफू र आफ्नो परिवारको जीवनको सुरक्षालाई लिएर रहेको बताइएको छ। 

'अहिलेको परिस्थितिमा अफगानिस्तानमा रहेकाहरू धेरै जसो लुकेर र भाग्दै बाँचिरहेका छन्। उनीहरूलाई थाहा छ धेरै लामो समय र टाढा भाग्न सकिन्न भन्ने ' अफगान नागरिकलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले लेखेका छन्। 

हेरातमा चोरीको आरोपमा दुई जनाको हात तालिबानले काटेको घट्नाले अफगानिस्तानमा त्रासको माहोल पैदा भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ