arrow

तालिबानको साथमा पाकिस्तान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १ मंगलबार
imran-khan-PM.jpg
तस्वीर–फाइल ।

काठमाडौं । पाकिस्तानले तालिबानलाई साथ दिएको स्पष्ट भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा तालिबानले गुलामी प्रथा तोडेको बताउँदै तालिबानी कदमप्रति खुशी व्यक्त गरेका हुन् । 

सोमबार इस्लामाबादमा भएको एक कार्यक्रममा उनले तालिबानले गुलामी चेन तोडेको बताएका हुन् । पाकिस्तानी सेना र सरकारमाथि तालिबानलाई समर्थन र मद्धत गरेको आरोप लाग्दै आएकामा खानले खुलेआम प्रशंसा गरेसँगै उनी साथमा रहेको स्पष्ट भएको हो । 

उनले तालिबानको खुलेर प्रशंसासमेत गरेका छन् । विश्वभर अफगानिस्तानमा आतंकवादी शासनलाई लिएर गम्भीर आशंका व्यक्त भइरहँदा इमरान खानको यो प्रशंसाले भने उनको भूमिकाप्रति थप आशंका निम्तिएको छ । 

तालिबानले आइतबार जब काबुलमा कब्जा गर्यो तब पाकिस्तानका कयौं क्षेत्रमा खुशी मनाइएको थियो । 

सोमबार नै अफगानिस्तानबाट केही प्रतिनिधिहरु इस्लामाबाद पुगेर पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीसँग भेटघाट गरेका छन् । उक्त भेटमा तालिबानका नेताहरु थिए कि थिएनन् भन्ने स्पष्ट भएको छैन । 

त्यस्तै अफगानिस्तानमा तालिबानी विद्रोहीको काबुल कब्जालाई लिएर चीन, रुस र इरानले पनि समर्थन गरेको पाइएको छ । अफगानिस्तानबाट अमेरिका जानुलाई नै यी राष्ट्रहरुले खुशीका रुपमा लिएको समेत दाबी गरिएको छ ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गएसँगै तालिबानले आफ्नो पकड जमाएको हो । तालिबानी कब्जासँगै अमेरिका, इङल्याण्ड, जर्मनी, फ्रान्स लगायतका देशहरुले अफगानिस्तानमा दूतावास बन्द गर्दै छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ