arrow

'त्रास पैदा गर्न क्वाडलाई सैन्य गठबन्धनको रूपमा चित्रण गर्ने प्रयास'

logo
एजेन्सी
प्रकाशित २०७८ भदौ १ मंगलबार
manoj-mukunda-naravade-indi.jpg
फाइल तस्बिर

नयाँ दिल्ली। केही मुलुकहरूले क्वाड फोरमलाई सैन्य गठबन्धनका रूपमा चित्रण गर्ने प्रयास गरेको भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले टिप्पणी गरेका छन्। 

केही मुलुकहरूले त्रास पैदा गर्न क्वाड रणनीतिक सहकार्यलाई सैन्य गठबन्धनको रूपमा चित्रण गरेको भारतीय सेनाध्यक्ष नरवणेले टिप्पणी गरेका हुन्। अमेरिका, जापान, भारत र अस्ट्रेलियाबीचको रणनीतिक सहकार्य क्वाड फोरम सैन्य गठबन्धन नभएको भन्दै यो बिशेषगरि इन्डो प्यासिफिक विषयमा लक्षित रहेको सेनाध्यक्ष नरवणेले बताए।

इन्डो प्यासिफिक क्षेत्रमा बढ्दो चिनियाँ आक्रामकताले विश्व चिन्तित बनेको बेला क्वाडले लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्द्धन तथा खुला, स्वतन्त्र र समावेशी इन्डो प्यासिफिक क्षेत्रका लागि सहकार्य गरिरहेको छ।

मुख्यगरि चीन र रुसले इन्डो प्यासिफिकमा क्वाड रणनीतिक सहकार्यको आलोचना गर्दै आएका छन्। रुसले क्षेत्रीय शान्ति तथा स्थायित्वका लागि क्वाड सहकार्य हानिकारक रहको आरोप लगाउँदै आएको छ।

गत मार्चमा भएको क्वाडको पहिलो सम्मेलनले पनि सैन्य र रक्षा सहकार्यमा सीमित नभई इन्डो प्यासिफिक क्षेत्रीय सुरक्षा विषयमा सहकार्य गर्ने प्रतिबद्धता गरेको नरवणेले बताए। भारतीय सेनाध्यक्ष नरवणेले क्वाड सहकार्य नेटो जस्तो सैन्य गठबन्धन नरहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ