arrow

न्यूजिल्याण्डमा एक व्यक्ति कोभिड सङ्क्रमित भेटिएपछि तीन दिन लकडाउन

logo
एएफपी
प्रकाशित २०७८ भदौ १ मंगलबार
new-zealand-lockdown.jpg
फाइल तस्बिर

विलिङटन। न्यूजिल्याण्डमा एक जना नागरिकमा कोरोना सङ्क्रमण देखिएपछि यहाँको सरकारले तीन दिनका लागि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ। न्यूजिल्याण्डले कोभिड–१९ सङ्क्रमण बिस्तार नहोस् भनी तीन दिन देशव्यापी लकडाउन गरेको छ भने कोरोना सङ्क्रमित भेटिएको अकल्याण्ड सहरमा एक हप्ता लकडाउन हुने घोषणा गरिएको छ। मुलुकको अन्य स्थानमा तीन दिनपछि लकडाउन हट्नेछ।

न्यूजिल्याण्डका अधिकारीहरूले अहिले भेटिएको कोरोना सङ्क्रमण डेल्टा भेरियन्टको हो कि भनेर सुरक्षा सतर्कता बढाइएको बताएका छन्। अहिले न्यूजिल्याण्डका करिब २० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन्।

न्यूजिल्याण्डमा भेटिएका कोरोना सङ्क्रमितले भ्रमण गरेको मान्डेल सहरमा पनि एक साताको लकडाउन गरिएको छ। प्रधानमन्त्री ज्यासिन्डा अर्डनले लकडाउन अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने बताएकी छिन्।

न्यूजिल्याण्ड कोरोना सङ्क्रमणलाई नियन्त्रणमा सफल भएको मुलुक हो। यहाँ पछिल्लो छ महिना यता एक जनामा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको थिएन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ