arrow

पाकिस्तानी सहरहरूमा सुरक्षित पिउने पानीको अभाव बढ्दै

logo
एजेन्सी
प्रकाशित २०७८ भदौ २ बुधबार
Pakistan-Flag.jpg.jpeg
फाइल तस्बिर

इस्लामाबाद। पाकिस्तानका अधिकांश प्रमुख सहरहरूमा नागरिकहरूको लागि सुरक्षित पिउने पानीको अभाव दैनिक बढ्दै गइरहेको छ। इमरान खान नेतृत्वको पाकिस्तान तहरीक ए इन्साफ सरकारले राष्ट्रिय सभामा पिउने पानीको अभाव भएको तथ्याङ्क प्रस्तुत गरेको हो।

पाकिस्तानी सञ्चारमाध्यम डनका ​​अनुसार विपक्षी नेताले सोधेको प्रश्नको जवाफमा सङ्घीय विज्ञान तथा प्रविधि मन्त्री शिब्ली फराजले प्रस्तुत गरेको तथ्याङ्कले २९ सहरहरूमध्ये भूमिगत पानीको परीक्षण पाकिस्तान काउन्सिल अफ रिसर्च अफ वाटर रिसोर्सले गरेको अध्ययन अनुसार २० वटा सहरहरूमा ५० प्रतिशत नागरिकले स्वच्छ पिउने पानी प्राप्त गर्न सकेका छैनन्। 

पीसीआरडब्ल्यूआरले सिन्ध र गिलगितका तीन सहरहरू मीरपुरखास, शहीद बेनजीराबाद र नवाबशाहमा १०० प्रतिशत भूमिगत पानीलाई पिउनको लागी असुरक्षित घोषित गरेको छ।

सियालकोट र गुजरातमा नौ स्रोतहरूबाट प्राप्त भूमिगत पानी पिउनका लागि पूर्ण सुरक्षित रहेको देखाएको छ। जुलाईमा, संसदीय सचिव राष्ट्रिय स्वास्थ्य सेवा डा. नौशिन हमिदले पाकिस्तानको प्रतिव्यक्ति पानी उपलब्धता ४०० प्रतिशतले घटेको बताए। उनका अनुसार प्रतिव्यक्ति पानीको उपलब्धता  १९४७ मा ५६ सय क्युबिक मिटरबाट घटेर एक हजार ३८ क्युबिक मिटरमा झरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ