arrow

नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न मलेसियाका राजाद्वारा आह्वान

logo
सिन्ह्वा,
प्रकाशित २०७८ भदौ २ बुधबार
malaysia-royals-king.jpg

क्वालालमपुर । मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले देशका राजनीतिक दलहरुलाई मिलेर काम गर्न आह्वान गरेका छन् । 

दलहरुका बीचमा विवाद र बेमेल हुदाँ देशमा राजनीतिक अस्थिरता मौलाएकाले दलहरुलाई मिल्न र सहकार्य गर्न उनले आग्रह गरेका हुन् ।  

उनले स्थायी सरकारको सुनिश्चितता हुनेगरी संयुक्तरुपमा नयाँ प्रधानमन्त्रीको उम्मेदवार पेस गर्न पनि दलहरुलाई आह्वान गरेका छन् । 

राजदरबारद्वारा बुधबार जारी वक्तव्यमा राजाले मङ्गलबार प्रमुख राजनीतिक दलका प्रमुख नेताहरुसँग छलफल गरेको उल्लेख गरिएको छ । 

छलफलका क्रममा राजाले विश्वासको मत प्राप्त गर्न सक्नेगरी प्रधानमन्त्रीको उम्मेदवार तयार पार्न पनि आग्रह गरेका छन् । 

तत्कालीन प्रधानमन्त्री मुहिद्धिन यासिनले गत सोमबार पदबाट राजीनामा दिएपछि राजाले नयाँ प्रधानमन्त्रीको दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका हुन् । 

यासिनले मलेसियाको तल्लो सदनबाट बहुमत गुमाएपछि दिएको राजीनामा राजाले तत्कालै स्वीकृत गरिसकेका छन् । राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि यासिनलाई नै कामचलाउन प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ