arrow

सत्ताच्युत राष्ट्रपति घानी यूएईमा, आफूले देश छाडेरै रक्तपात रोकिएको तर्क 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
ashraf-ghani-afghanistan.jpg

काठमाडौं । आतंकवादी समूह तालिबानले कब्जा जमाएपछि सत्ताच्युत भएका अफगानिस्तानका राष्ट्रपति असरफ घानी शरण लिन युनाईटेड अरब इमिरेट्स (यूएई) पुगेका छन् । तालिबानले काबुल कब्जा गरेपछि उनी शरण लिन यूएई पुगेका हुन् । 

यूएईको विदेश मन्त्रालयले घानी र उनको परिवारलाई मानवीयताको धरातलमा टेकेर शरण दिएको प्रष्ट पारेको बीबीसीले लेखेको छ । यूएई पुगेपछि एउटा भिडियो सन्देश जारी गर्दै घानीले बुधबार राति आफू देश छोडेर भागेको नभई संभावित रक्तपात र विध्वंश रोक्न उचित कदम लिएको बताएका छन् । 

सन्देशमा उनले आफू यूएईमै रहेका कारण रक्तपात र विध्वंश रोकिएको पनि उल्लेख गरेका छन् । घानीले आफूले अफगानिस्तान छाड्दा ठूलो परिमाणमा पैसा लिएर भागेको भन्ने आरोप अस्वीकार गरेका छन् । 

७२ वर्षीय घानीले देश छाडेसँगै अफगानी नेताहरुबाट चर्को आलोचना खेपिरहेका छन् । उनले उचित संवादको खोजीमा रहेको पनि बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ