राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट निधन
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
1k
Shares
काठमाडौं । राजधानी न्यूज पब्लिकेशन (राजधानी दैनिक) का अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणका कारण ६७ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा नेपाल एपिएफ अस्पताल बलम्बुमा बुधबार साँझ निधन भएको हो ।
राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्षसमेत थिए । हाल भने उनी मिडिया सञ्चालककै संस्था मिडिया अलायन्सको उपाध्यक्ष थिए ।
संविधानसभा सदस्यसमेत भएका शेरचन विज्ञापन बोर्डका सदस्यसमेत थिए । उनी वैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष थिए । उनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।
उनको बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटस्थित इलोक्ट्रोनिक शवदाह गृहमा अन्तिम संस्कार गरिने परिवार निकट स्रोतले बताएको छ ।