arrow

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा पाँच वटा रिट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
supreme-court-long.jpg

काठमाडौं । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अदालत प्रशासनका अनुसार अध्यादेशविरुद्ध हालसम्म पाँचवटा रिट निवेदन पेस भइसकेका छन् ।

मंगलबार सरकारले राजनीतिक दल विभाजनको प्रावधानलाई खुकुलो तुल्याउने गरी ल्याइएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नै  प्रमाणीकरण गरेपछि कानुन व्यावसायीहरुले रिट निवेदन दिएका हुन् ।

दर्ता प्रक्रियामा रहेका रिटहरु अनुपा अर्याल, प्रवेश केसी, श्रीकान्त बराल, अर्जुन अर्याल, सकुन्तला भुसाल,​ निकेशकुमार लम्साललगायतले रिट दायर गरेका हुन् ।

अध्यादेश संविधानसँग बाझिएकाले खारेज हुनुपर्ने र अध्यादेशका आधारमा भएका सबै कामकारवाही बदर हुनुपर्ने माग राखिएको छ । सोही अध्यादेशलाई टेकेर नेकपा एमाले र जसपा नेपाल विभाजन प्रक्रिया अघि बढेको छ ।

अध्यादेशमा भएकै व्यवस्थालाई आधार मानेर एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा र जसपाबाट महन्थ ठाकुरको नेतृत्वमा अलग दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ