arrow

अफगान छोडेपछि पहिलो पटक राष्ट्रपति घानीले भने- 'रक्तपात हुनबाट बचाउन देश छोडें'

logo
सिन्ह्वा,
प्रकाशित २०७८ भदौ ३ बिहिबार
ashraf-ghani-afghan-president.jpg

दुबई । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले हिंस्रक रूपमा तालिबानले विभिन्न सहर हुँदै राजधानी काबुल नै कब्जा गर्न थालेपछि गएको आइतबार देश छोडेका थिए  ।  देश छोडेपछि पहिलो पटक आफ्नो भनाइ राख्दै उनले आफूले देशमा रक्तपात हुने देखेर नै त्यसबाट बचाउनका लागि देश छोडेर हिँडेको बताएका छन् । 

घानीले भने “म देशमा रक्तपात हुनबाट बचाउन देश छोडेको हुँ ।” उनले बुधवार आफ्नो राष्ट्रिय भाषा पास्तोमा सम्बोधन गर्दै सो धारणा राखेका छन् । त्यस क्रममा उनले आफ्ना पूर्वमन्त्रीले देश छोडेर भागेको भनी गरेको आलोचनाको पनि बचाउ गरेका छन् ।

 उनी गत आइतबार देश छोडेर ताजिकिस्तानतर्फ लागेका थिए  । उनी अहिले संयुक्त अरब इमिरेट्स पुगेको बताइएको छ । उनलाई बुधवार साँझ युनाइटेड अरब इमिरेट्समा स्वागत गरिएको छ । उनको साथमा उनको परिवार पनि रहेका छन् ।

उनलाई आफ्नै मन्त्रिपरिषद्का कतिपय मन्त्रीले देश नै अप्ठ्यारो स्थितिमा परेको अवस्थामा आफूहरू र देशलाई नै छोडेर घा नि भागेको भनेर आलोचना गरेका थिए । गएको आइतबार यता काबुललाई तालिबानले कब्जामा लिएका छन् । उनीहरूले तालिबान सरकार गठनको तयारी पनि गरिरहेका छन् । 

काबुलबाट प्राप्त समाचारअनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकुले गस्ती गरिरहेका देखिएको छ । सडकमा महिलाको सङ्ख्या कम देखिए पनि दैनिक जनजीवनका अन्य गतिविधि सामान्य बन्दै गएको जस्तो देखिएको छ ।

काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर अस्तव्यस्त अवस्था कायम नै रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानका लडाकु तथा अन्य सदस्यले विमानस्थल परिसर पस्न खोज्ने अफगानीलाई रोकिरहेका छन् । तालिबानले नै अहिले काबुलको सुरक्षा गरिरहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ