arrow

अफगानिस्तानबाट भागेका घानीले भने- 'पैसा लगेको छैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
ashraf-ghani-afghan-president.jpg

काठमाडौं। युनाईटेड अरब एमिरेट्स(युएई)मा निर्वासनमा रहेका अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले धेरै पैसा लगेको भन्ने कुरा अस्वीकार गरेका छन् ।

आइतबार काबुलमा तालिवानको प्रवेशसँगै देश छोडेका राष्ट्रपति घानीको अहिले चर्को आलोचना भइरहेको छ ।तर, उनले आफूले देश छोडेकै कारण रक्तपात रोकिएको भन्दै आफ्नो बचाउ गरेका छन् ।

उनले भनेका छन्, 'म बसेको भए मैले काबुलमा रक्तपात देखिइरहेको हुन्थे ।' सरकारी अधिकारीहरूकै सल्लाहमा आफूले देश छोडेको उनले बताएका छन् ।

शक्तिका लागि काबुललाई अर्को यमन र सिरिया हुन नदिन आफूले देश छोडेको उनको भनाइ छ ।

यस्तै उनले 'लुगा र एक कोट लिएर मात्रै आएको' र आफ्नो चरित्र हत्याका लागि धेरै पैसा लगेको आरोप लागिरहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ