arrow

'तालिबानले शासन गर्न र पाकिस्तानले निल्न' अफगानिस्तान धेरै ठूलो छ : उप-राष्ट्रपति अमरुअल्लाह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
Amrullah Saleh afghanistan.jpg

काठमाडौं । अफगानिस्तानका उप राष्ट्रपति अमरुअल्लाह सालेहले अफगानिस्तान 'पाकिस्तानले निल्न र तालिबानले शासन गर्न धेरै ठूलो' भएको बताएका छन् ।

राष्ट्रपति अशरफ घनीले देश छोडेपछि आफुलाई 'केयरटेकर' अथवा हेरचाह गर्ने राष्ट्रपति घोषणा गरेका अमरुअल्लाह सालेहले ट्विटरमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

उनले आतंकवा समुहको अगाडि झुकेर इतिहासको एक पन्नामा अपमानित हुन नदिन भन्दै ट्विटरमा कडा सन्देस लेखेका छन् ।

'राष्ट्रले हिंसाको नभइ कानुनको शासनको सम्मान गर्नुपर्ने' उनले लेखेका छन्। तालिबानकाे प्रभाव राेक्ने किसिमका ट्विट गर्दै उनले अफगानिस्तान 'पाकिस्तानले निल्न र तालिबानले शासन गर्न धेरै ठूलो' भएकाे उल्लेख गरेका हुन् ।

अफगानिस्तानको कानुन अनुसार नै उनी हेरचाह गर्ने अथवा केयरटेकर राष्ट्रपतिको जिम्मेवारीमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ