arrow

क्षेप्यास्त्रबाट लडाकु विमानको सुरक्षा गर्न भारतले विकास गर्‍यो प्रविधि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
indian-fighter-plane.png

आइएनएन ।  लडाकु विमानको सुरक्षा गर्न भारतले एक प्रविधिको विकास गरेको छ। शत्रुको क्षेप्यास्त्र प्रहारबाट भारतीय वायु सेना (आईएएफ) लडाकु विमानको सुरक्षा गर्न भारतले एक उन्नत प्रविधिको विकास गरेको हो।

रक्षा अनुसन्धान र विकास सङ्गठनको जोधापुर स्थित रक्षा प्रयोगशाला र पुणे स्थित उच्च ऊर्जा सामग्री अनुसन्धान प्रयोगशालाले संयुक्त रूपमा यस प्रविधिको विकास गरेको हो। अत्याधुनिक उपकरण र गोलीले विमानको रक्षा गर्नेछ।

रक्षा मन्त्रालयका अनुसार सफल परीक्षणपछि भारतीय वायु सेनाले यस प्रविधिको प्रयोग सुरु गरिसकेको छ। आजको आधुनिक युगमा अत्याधुनिक राडार मुख्य चुनौती हो। यसका कारण लडाकु विमानको सुरक्षा महत्त्वपूर्ण छ। विमानको सुरक्षा सुनिश्चित गर्न प्रतिरोधात्मक मापन वितरण प्रणाली (सिडिएमएस) को प्रयोग गरिन्छ। यसले इन्फ्रा-रेड र राडार को खतराहरू विरुद्ध कार्य गर्दछ। यस उन्नत प्रविधि ले लडाकु विमान लाई दुश्मनको राडार बाट बचाउँदछ।यस प्रविधिमा निकै थोरै मात्रमा भिसा हावामा फालिन्छ। यस ले दुश्मनको क्षेप्यास्त्रलाई भ्रमित बनाउँदछ।

भारतीय वायु सेना को वार्षिक माग पूरा गर्न निर्माण उद्योगलाई यसको जिम्मेवारी दिइएको छ। रक्षा मन्त्री राजनाथ सिंहले डिआरडिओ, आईएएफ र उद्योगको यस सफलता को प्रशंसा गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ