arrow

अफगानिस्तान सङ्कट : 'के पाकिस्तान माथि प्रतिबन्ध लगाउनु समयको आवश्यकता हो ?'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
afgan-pak.png

आइएनएन । गत साता एक पत्रकार सम्मेलनमा पाकिस्तानका सूचना मन्त्रीसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार, मोइद यूसुफ पनि उपस्थित थिए।‌‌‌‌‌‌‌‌‌ उनले त्यस समय सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको 'पाकिस्तानमाथि प्रतिबन्ध लगाऊ' का लागि भारत र अफगानिस्तानलाई दोष दिएका थिए।

मोइदले भने, "अफगानिस्तान सरकार ले‌ जानाजानी पाकिस्तानलाई बलि को बोका बनाउन खोजिरहेको छ। पाकिस्तानलाई बदनाम गर्न अफगानिस्तान र भारतीय खाता को प्रयोग भइरहेको छ।" उनले थपे, "अफगानिस्तानको असफलताको लागि पाकिस्तानलाई दोष दिने प्रयास जारी छ। तालिबानको आक्रमण बढ्दै जाँदा यसको लागि पाकिस्तान माथि दोष थोपर्ने अभियान नै चलेको छ।"

यसअघि फवाद चौधरीले भारत र अफगानिस्तानको नेतृत्वलाई विश्वव्यापी रूपमा पाक विरोधी भावना फैलाएको आरोप लगाएका थिए। अफगानिस्तान मा तालिबान को कब्जा पछि देशमा चरम मानवअधिकार उल्लङ्घन र अत्याचार बढ्नेछ जसको लागि पाकिस्तान जिम्मेवार ठहरिनेछ।

चाखलाग्दो कुरा के छ भने 'पाकिस्तानलाई प्रतिबन्ध गर' ट्विटको लगभग २२% हिस्सा पाकिस्तान भित्र बाटै थियो। जसको लागि पाकिस्तानी नेतृत्वले पश्तून तहफुज आन्दोलन (पिटिएम) लाई दोष दिएको छ। पश्तून आन्दोलनले जबरजस्ती बेपत्ता बनाउने कार्यको तत्काल अन्त्यको माग गरिरहेको छ।

पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले भने, 'भारतले पाकिस्तान विरुद्ध सबैभन्दा बढी रुझान लिएको छ र भारतलाई सहयोग गर्ने सबैभन्दा ठुलो पक्ष पीटीएम र यसका कार्यकर्ता हुन्।' सूचना तथा सञ्चार मन्त्रालयको 'राज्य विरोधी प्रवृत्तिहरू मा गहिरो विश्लेषणात्मक रिपोर्ट' नामक पत्रकार सम्मेलनमा युसुफले यस्तो टिप्पणी गरेका हुन्।

यस प्रतिवेदनमा सन् २०१९ देखि २०२१ सम्म सामाजिक सञ्जालमा पाक विरुद्ध भएका गतिविधिको आकलन गरिएको थियो। जसको लागि भारतलाई जिम्मेवार ठहराइएको छ।

वर्तमान समयमा चलिरहेको विश्वव्यापी पाकिस्तान विरोधी शैली ले पाकिस्तानी सेनाको बदनाम गर्न खोजेको, देशलाई एफएटीएफ ग्रे सूचीमा नै राखिराख्न खोजेको र वर्तमान अफगान स्थितिको लागि पाकिस्तानलाई जिम्मेवार ठहराउन खोजेको पाकिस्तानी नेतृत्व कप दाबी छ।

पाकिस्तानका अनुसार अफगानिस्तानका सरकारी अधिकारीहरूले सामाजिक सञ्जालमा पाकिस्तानले तालिबानलाई समर्थन गरेको आरोप लगाएका थिए। अफगानिस्तानको रक्षा मन्त्रालयले नियमित रूपमा अफगानिस्तानमा पक्राउ परेका पाकिस्तानी नागरिकहरूको फोटो र कब्जा गरिएका आतंककारीहरुको बयान उनीहरूले पाकिस्तानमा प्रशिक्षण पाएका थिए प्रकाशित गर्दै आएको थियो।‌

'पाकिस्तानी प्रतिबन्ध' ले इस्लामाबादको विश्वव्यापी प्रतिष्ठामा असर पारेको छ। जसका कारण तिनका वरिष्ठ मन्त्रीहरू यस विषयमा बहस गर्न बाध्य बनेका छन्।

यसै क्रममा पाकिस्तानी विदेश मन्त्री एसएम कुरैशी एक टेलिभिजन बहसमा भाग लिएका थिए। सो क्रममा उनले यस प्रवृत्तिलाई अगाडि बढाएकोमा अफगानलाई प्रश्न गरेका थिए। उनले अफगान शरणार्थीहरूलाई पाकिस्तानको समर्थन रहेको मा जोड दिएका थिए। महामारी को चरम सीमा मा पनि सिमाना खुला राखेको मा पनि उनले जोड दिएका थिए।

अपेक्षित रूपमा, उनले यसका लागि भारतलाई दोष दिए। 'पाकिस्तानी प्रतिबन्ध' का कारण अफगान प्रवासीहरूले विश्वव्यापी रूपमा पाकिस्तान कप विरोध गरे। वासिङ्टन डिसी, ब्रसेल्स, डेनमार्क, बेलायत, जर्मनी र स्विडेनमा विरोध प्रदर्शन भएको थियो।

अफगानिस्तानको वर्तमान स्थितिको लागि पाकिस्तान जिम्मेवार रहेको विश्वव्यापी विश्वास छ। अमेरिका र अन्य सरकारले तालिबानलाई वार्तामा आउन र हिंसा घटाउन पाकिस्तानलाई दबाब दिइरहेका बेला पाकिस्तानले अफगान सशस्त्र बलले तालिबानलाई रोक्न असफल भएको आरोप लगाएको छ।

पूर्व क्यानेडियन मन्त्री र कूटनीतिज्ञ क्रिस अलेक्जेन्डरले एक ट्विटमा भनेका छन्, "यो ट्विटरमा ह्यासट्याग ट्रेन्ड मात्र हैन। यसले अफगानिस्तान, पाकिस्तानी र अन्य धेरै राज्यका नागरिकहरूको शान्तिपूर्ण तरिकाले बाच्न पाउने इच्छाको प्रतिनिधित्व गरेको छ। यसले आक्रमण, प्रोक्सी युद्ध र आतङ्कवाद मुक्त विश्वको चाहना झल्काएको छ।"

उनले थपे, "अफगानिस्तानमा पाकिस्तानको हस्तक्षेप संयुक्त राष्ट्र चार्टरको अध्याय ७ अन्तर्गत सशस्त्र हमला र आक्रामकताको कार्य अन्तर्गत पर्दछ। अन्तर्राष्ट्रिय समुदायले अन्तर्राष्ट्रिय कानुन र नियमहरूमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्न अनुच्छेद ४१ वा ४२ अन्तर्गत कारबाही गर्नु पर्छ।"

दक्षिण एसियाकी विशेषज्ञ क्रिस्टीन फेयरले ट्विट गरेकी छिन्, 'यदि तपाईँ अफगानिस्तान को बारे विचार गर्नुहुन्छ र त्यहाँका नागरिकले पाकिस्तानी लडाकुको हातबाट भोग्नुपरेको हत्या हिंसा को विरोध गर्न चाहनुहुन्छ भने तपाई ले अवश्य केही गर्न सक्नुहुन्छ। पाकिस्तान माथि प्रतिबन्ध।"

तालिबानलाई पाकिस्तानको समर्थन, एलईटी र जेईएम सहित यसका स्वामित्वमा रहेका आतङ्कवादी समूहका आतंकवादीहरुलाई तालिबान सँग लड्न प्रोत्साहित गर्नु, यो तथ्य जगजाहेर छ। घाइते तालिबान लडाकुहरूको पाकिस्तानी अस्पतालमा उपचार भइरहेको समाचार पनि आइरहेको छ।‌‌‌‌

अमेरिकी सहयोगी योद्धा इस्माइल खान ले हेरात को समर्थन गर्दै आएका थिए। उनी अहिले तालिबानको हिरासतमा हुनुहुन्छ। उनले एक लेखमा भनेका छन्, "यो युद्ध तालिबान र अफगानिस्तान सरकारको बिचमा होइन। यो अफगान राष्ट्र विरुद्ध पाकिस्तानको युद्ध हो।"

तालिबानको समर्थन गरिरहेको आरोपबाट पाकिस्तान टाढा बस्न खोजेको छ। जबकि तालिबानसँग लड्दै गर्दा ज्यान गुमाएका पाकिस्तानी लडाकुका शव पाकिस्तानमा गाडेको तस्बिर सार्वजनिक भएका छन्।

त्यस अन्त्येष्टिमा सयौँ सहभागी भएका थिए र तालिबान झन्डा खुला रूपमा प्रदर्शन राखिएको थियो।

पाकिस्तानी राष्ट्रपति इमरान खानले सार्वजनिक रूपमा तालिबान सामान्य नागरिक भएका र तिनका विरुद्ध पाकिस्तानी सुरक्षा एजेन्सीले कुनै कारबाही गर्न नसक्ने बताएका थिए। जसले गर्दा पाकिस्तान विरुद्ध विश्वको आरोप अझ बलियो बनेको छ।

उनले अफगानिस्तानका वर्तमान राष्ट्रपति अशरफ घनीलाई पदबाट हटाएपछि मात्र उनीहरू वार्ताका लागि अगाडि आउने भन्दै तालिबानको दृष्टिकोणलाई समर्थन गरेका थिए।

जाहिर छ, इमरान अशरफ घनीलाई मन पराउँदैनन्। पाकिस्तानका विदेशमन्त्री एसएम कुरैशीलाई तालिबानको प्रवक्ता भएको आरोप लगाइएको थियो। उनले तालिबान नेतृत्वको शासनलाई समर्थन गरी यस बाट देशमा इस्लामिक राज्यका लडाकुहरूको पुनरुत्थान रोक्ने उल्लेख गरेका थिए।

इमरानले ओसामा बिन लादेनलाई शहीद भनेर सम्बोधन गरेका थिए भने कुरैशीले उनलाई आतङ्कवादी मान्न अस्वीकार गरेका थिए।

अफगानिस्तानबाट पश्चिमी सेना र दूतावासका कर्मचारीहरू फिर्ता हुने बित्तिकै पश्चिमा शक्तिहरूका लागी पाकिस्तानको उपयोगिता समाप्त हुनेछ। पाकिस्तानलाई एक पराया मुलुकको रूपमा व्यवहार गरिनेछ।

क्रिस अलेक्जेन्डरले भनेझैँ, "पुटिनको रुसले युक्रेनमा अतिक्रमण गर्‍यो : संसारले उनीहरूलाई मान्यता दियो। पाकिस्तानले अफगानिस्तानमा अतिक्रमण गरिरहेको छ: हामी के का लागी पर्खिरहेका छौँ? अफगानिस्तानमा शान्ति स्थापना होस् भनेर चाहेको पाकिस्तानको यस बयान प्रति प्रश्न चिन्ह खडा भएको छ।"

पाकिस्तानलाई थाहा छ कि अफगानिस्तानमा हिंसा र बदलाका लागि हत्या हुनेछ।‌ यसका लागि पाकिस्तान नै दोषी ठहर हुनेछ। सम्भवतः अफगानिस्तान र पाकिस्तान दुवैले प्रतिबन्धको सामना गर्न सक्दछन्।

पाकिस्तानलाई मार्ग परिवर्तन गर्न धेरै ढिलो भइसकेको छ। तालिबान नेतृत्वको अफगानिस्तानलाई मान्यता दिने यो पहिलो राष्ट्र हुनेछ। तालिबानले धेरै निर्दोषहरुलाई मार्ने बित्तिकै 'पाकिस्तानलाई प्रतिबन्ध' माग बढ्नेछ। यही चिन्ताका कारण पाकिस्तानले अमेरिकालाई अफगानिस्तान लाई यतिकै छोडेको र अफगान सेनाहरूलाई यथेष्ट प्रयास नगरी समर्पण गरेको भनेर आरोप लगाएको छ।

यदि पाकिस्तानलाई प्रतिबन्ध गर्ने हो भने पाकिस्तान थप आर्थिक समस्या धेरै बढ्नेछ र यो मुलुक विश्वको लागि नै पराया बन्न सक्छ।

( लेखक भारतीय सेनाका एक सेवा निवृत्त अधिकारी हुन् । लेख लेखकको व्यक्तिगत विचार हो।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ