arrow

आफ्ना नागरिकलाई मृत्युदण्डको सजाय कायम गरेकोमा क्यानडाले गर्‍यो चीनको निन्दा

logo
एजेन्सी
प्रकाशित २०७८ भदौ ३ बिहिबार
canada-flag.png
फाइल तस्बिर

टोरन्टो। क्यानाडाले आफ्ना नागरिक रोबर्ट शेलेनबर्गको मृत्युदण्डको सजाय कायम राख्ने बेइजिङको निर्णयको कडा निन्दा गरेको छ। एक चिनियाँ अदालतले लागु औषध तस्करीको आरोपमा क्यानडाका रोबर्ट शेलेनबर्गलाई मृत्युदण्डको सजाय सुनाएको थियो।

हामीले बारम्बार चीनलाई यस क्रूर र अमानवीय सजायविरुद्ध कडा विरोध व्यक्त गरेका छौँ र शेलेनबर्गलाई माफी दिनको लागी उच्चस्तरीय चिनियाँ अधिकारीहरूसँग कुराकानी जारी राख्नेछौँ, क्यानडाका विदेश मन्त्री मार्क गार्नेउले एक वक्तव्यमा भने।

डिसेम्बर २०१४ मा, शेलेनबर्गलाई हिरासतमा लिइएपछि जनवरी २०१५ मा लागु औषध तस्करीको आरोप लगाइएको थियो। उनलाई सन् २०१४ मा १५ वर्ष जेल सजाय सुनाइएको थियो। शेलनबर्गलाई चीनको एउटा प्रान्तीय अदालतले सन् २०१९ मा मृत्युदण्डको सजाय सुनाएको थियो।

हामी सबै मामलाहरूमा मृत्युदण्डको विरोध गर्दछौँ र शेलेनबर्गलाई दिइएको मनोमानी प्रकृतिको सजायको निन्दा गर्दछौँ। क्यानाडा शेलेनबर्ग र उनको परिवारको लागी कन्सुलर सेवाहरू प्रदान गरिरहेको छ, मार्कले थपे।

क्यानेडियन नागरिक तथा पूर्व कूटनीतिज्ञ कोभ्रिग र व्यापारी स्पाभर जासुसीको आरोपमा चिनियाँ हिरासतमा छन्। दुई क्यानेडियन नागरिकलाई चीनमा गिरफ्तार गरेपछि बेइजिङसँग क्यानडाको सम्बन्ध बिग्रिएको हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ