arrow

चीनमा डेल्टा भेरियन्टको सङ्क्रमण बढ्न थालेपछि नागरिकहरूलाई घरभित्रै थुनुवा बनाइँदै गरेको भिडियो सार्वजनिक

logo
एजेन्सी
प्रकाशित २०७८ भदौ ३ बिहिबार
china-virus-lock.jpg

काठमाडौँ। सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना भाइरसले महामारीको रूपमा लिएको दुई वर्ष पुग्न लाग्दा पनि नियन्त्रणमा आउन सकेको छैन। कोरोना महामारी नियन्त्रणमा लिन सफल भएको दाबी गर्ने चीनमा फेरि कोरोनाको खतरनाक डेल्टा भेरिअन्ट देखिएको छ।

पछिल्लो समय चीनका अधिकांश प्रान्तहरूमा डेल्टा भेरियन्टको सङ्क्रमण देखिन थालेको विभिन्न सामाजिक सञ्जालहरूमार्फत सार्वजनिक हुन थालेका छन्। तर, चीन सरकारले भने सरकारी सञ्चारमाध्यमहरूमा यसबारेका समाचारहरू प्रकाशन प्रसारण गर्न प्रतिबन्ध लगाएको छ।

चीन सरकारले सरकारी सञ्चारमाध्यमहरूलाई वुहानको रणनीति दोहोर्‍याउन निर्देशन दिएको छ। यसअघि पनि चीनले सुरुमा कोरोना महामारी देखिएको समयमा वुहानमा प्रकोप फैलिसक्दा पनि सङ्क्रमणबारेका सूचना लिक नगर्न निर्देशन दिएको थियो।

सङ्क्रमणबारे जानकारी गराउने चिकित्सकलाई पनि चिनियाँ अधिकारीहरूले साधेपुछ गर्ने, नियन्त्रणमा लिने र यातना दिने गरिएको थियो। देशभर कोरोना भाइरसको डेल्टा भेरिअन्ट फैलिन थालेपछि चीन सरकारले मानिसहरूलाई घरभित्रै थुनुवा बनाएको भिडियोहरू सार्वजनिक भएका छन्।

चीनका १७ प्रान्तमा कोरोनाको डेल्टा भेरिअन्ट देखिएको पाइएको छ। हालसम्म १०८ जनामा डेल्टा भेरिअन्ट देखिएको पाइएको छ। यो भाइरस तीव्र रूपमा फैलिने र कोरोना भाइरसको प्रारम्भिक स्वरूप भन्दा ७० गुणा बढी सङ्क्रामक हुने गरेको पाइएको हो।

डेल्टा भेरिअन्ट फैलिन थालेपछि देशभर अघोषित लकडाउन गरिएको छ। मानिसहरूलाई घरबाहिर आउन प्रतिबन्ध लगाइएको छ। दैनिक उपभोग्य सामानको अभाव हुँदा सङ्कटको सिर्जना हुनसक्ने भन्दै नागरिक तहमा आक्रोश बढेको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ