arrow

कोरोनाको तेस्रो डोज लिँदै जो बाइडेन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
joe-biden3.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्ध लड्न तेस्रो डोज खोप लिने भएका छन् । बाइडेनसँगै उनकी पत्नी एवं प्रथम महिला जिल बाइडेनले पनि तेस्रो डोज लिने भएकी छिन् । 

उनले एबीसी न्यूजसँगको कुराकानीमा आफूहरु ‘बुस्टर शट’ लिन जान लागेको बताएका हुन् । उनले आगामी सेप्टेम्बर २० तारिखदेखि भ्याक्सिनको बुस्टर डोज पाइने बताएका छन् । बुस्टर डोजका लागि स्वीकृति लिने प्रक्रियामा अमेरिका रहेको छ । 

हाल उक्त कदम स्वीकृतिका लागि खाद्य एवं औषधि प्रशाधन (एफडीए) मा पेन्डिङमा रहेको छ । बाइडेनले बुस्टर डोज सबैका लागि निःशुल्क दिइने छ । उनका अनुसार बुस्टर डोज दोस्रो डोज लगाएको आठ महिना पुगेकालाई लगाइने छ । 

विश्वका धेरैजसो मानिसले कोरोनाको खोप लगाउन नपाइरहेका बेलामा अमेरिकामा बुस्टर डोज दिन लागिएपछि यसको चर्को आलोचना भइरहेको छ । 

बाइडेनले यस आलोचनाको जवाफमा ‘हामीले अमेरिकाका मानिसको सुरक्षा सुनिश्चित गर्दै पनि विश्वलाई मद्धत गर्न सक्छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ