arrow

भारत र रुसका वरिष्ठ सुरक्षा अधिकारीहरूको मस्कोमा भेट, अफगानिस्तान बारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
russia-india.png

आइएनएन । भारत र रुसका वरिष्ठ सुरक्षा अधिकारीहरूको मस्कोमा भेट गरेका छन् । रुसको भ्रमणमा रहेका भारतीय उप राष्ट्रिय सुरक्षा सल्लाहकार पङ्कज सरनले अफगानिस्तानको स्थिति बारे सो भेटमा छलफल गरेका छन् । सरनले बिहीबार रुसी उप विदेश मन्त्री इगोर मोर्गुलोभसँग भेट गरेका थिए र अफगानिस्तान लगायत अन्य मुद्दाहरूमा छलफल गरेका थिए।

"डि एनएसए अम्ब. पङ्कज सरन र रुसी उप विदेश मन्त्री इगोर मोर्गुलोभ को भेट। दुवै पक्षबाट विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीको शक्तिको समर्थन। अफगानिस्तान को बारे पनि चर्चा।" रुस स्थित भारतीय दूतावास को ट्विटमा भनिएको छ।

सरनले रुसी राष्ट्रिय सुरक्षा परिषद्का सचिव निकोलाई पत्रुशेव र उपसचिव अलेक्जेन्डर वेनेडिक्टोभसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। मस्को स्थित भारतीय दूतावासले ट्विटमा भनेको छ, "मस्कोमा डि एनएसए अम्ब. पङ्कज सरनको भ्रमण, रुसी रक्षा विभागका सचिव एच इ निकोलाई पेत्रुसेभ र रुसी रक्षा विभागका उप सचिव एच ई अलेक्जेन्डर भेनेडिक्टोभ सँग भेट, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दा मा छलफल, अफगानिस्तानको स्थिति बारे पनि चर्चा।"

रिपोर्टका अनुसार मस्कोका लागि भारतका राजदूत बी वेंटकेश वर्मा र राष्ट्रिय सुरक्षा परिषद् सचिवालय (एनएससीएस) का अधिकारीहरू बैठकमा सहभागी थिए।

यस हप्ताको सुरुमा, सचिव पत्रुशेवले रुसको इजभेस्टिया दैनिकलाई अफगानिस्तानको स्थिति वार्ताको माध्यमबाट समाधान हुनु पर्ने बताएका थिए। उनका अनुसार रुस अफगानिस्तानको सम्बन्धमा राजनीतिक र कूटनीतिक प्रयासमा केन्द्रित हुनेछ र एक अन्तर-अफगानी वार्ता र देश मा अवस्थित समस्याहरू को एक शान्तिपूर्ण समाधानका लागि मार्ग खोजी गरिनेछ।

मस्कोले सुरक्षा परिषद्, सैन्य र अफगानिस्तान नजिकै रहेका देशहरू सँग सम्पर्क स्थापित गरेको छ। विशेष गरी ताजिकिस्तान र उज्बेकिस्तान, साथ साथै चीन, इरान, भारत र पाकिस्तान सँग सम्पर्क गरिएको पत्रुशेवले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ