arrow

धार्मिक स्वतन्त्रता र तिब्बती संस्कृतिको संरक्षणको पक्षमा अमेरिका

logo
एजेन्सी
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
tibetan-usa.jpeg

नयाँ दिल्ली । चीनसँगको तनाव बढेपछि भारतका लागि अमेरिकी राजदूत अतुल केसपले तिब्बती आध्यात्मिक नेता दलाई लामासँग भेट गरेका छन् । लामासँगको भेटपछि राजदूत केशपले अमेरिकाले धार्मिक स्वतन्त्रता र तिब्बती संस्कृतिको समर्थन गर्ने बताएका छन् ।

दलाई लामाका प्रतिनिधि नोङदुप दाङचेङसँगको बैठक फलदायी भएकोसमेत उनले बताएका छन् । अमेरिका धार्मिक स्वतन्त्रता र तिब्बतीहरूको अद्वितीय सांस्कृतिक र भाषिक पहिचानको संरक्षणको लागि समर्थन गर्नेसमेत उनले बताएका छन् । सबै मानिसहरूको समान अधिकारको लागि दलाई लामाको दृष्टिकोणप्रति उनले सम्मान व्यक्त गरेका छन् । 

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले नोङदुप दाङचेङलाई भेटेको केही दिनपछि भएको यस भेटघाटलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । तिब्बतलाई आफ्नो अभिन्न अङ्ग मान्ने र दलाई लामालाई तिब्बत अलग गर्न खोजेको आरोप लगाउने चीनले ब्लिन्केनको बैठकप्रति तीव्र प्रतिक्रिया जनाएको थियो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले दलाई लामासँगको भेटपछि क्षेत्रीय सांस्कृतिक पहिचान र तिब्बती संस्कृतिको संरक्षणका लागि पहल गरिएको बताएका हुन् । 

बैठकपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले तिब्बतलाई चीनको हिस्साको रूपमा मान्यता दिने अमेरिकी प्रतिज्ञाविरुद्ध अमेरिका पक्ष र दलाई समूहबिचको सम्पर्क रहेको बताएका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकी प्रतिनिधिले दलाई लामासँग गरेको भेट तिब्बतलाई चीनको अंशको रूपमा मान्यता दिने अमेरिकी प्रतिबद्धता विपरीत भएको बताएका छन् । हाल भारतका १० हजारभन्दा बढी तिब्बतीहरू धर्मशालामा बसोबास गरिरहेका छन् । 

सन् २०१३ मा राष्ट्रपति बनेपछि सीले तिब्बतको सुरक्षा नियन्त्रण बढाउने दृढ नीति अपनाएका छन् । बेइजिङका बौद्ध भिक्षुहरू र दलाई लामाका अनुयायीहरूमाथि कारबाहीसमेत भइरहेको छ । 

संयुक्त राज्यले तिब्बतमा मानव अधिकार उल्लङ्घनको मुद्दाहरू विभिन्न प्लेटफर्ममा उठाउँदै आएको छ । भर्खरै, अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मनले चिनियाँ अधिकारीहरूलाई भेट्न चीन भ्रमण गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ