arrow

चीनमा आयो तीन बच्चा कानून 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ५ शनिबार
children-china.jpg

काठमाडौं । चीनमा बच्चा जन्माउन नयाँ कानून बनेको छ । जुन कानून अनुसार अब एक दम्पत्तिले तीन जनासम्म बच्चा जन्माउन पाउने भएको छ । 

चीनको राष्ट्रिय विधायिकाले सत्तारुढ कम्युनिष्ट पार्टीले ल्याएको तीन बच्चाको नीति शुक्रबार औपचारिक रुपले समर्थन गरेको हो ।  विश्वको सबैभन्दा बढी जनसंख्या भएको चीनमा एकाएक जनसंख्या घट्दै गएपछि कम्युनिष्ट पार्टीले यो नीति ल्याएको हो । 

चीनमा कहिले एक भन्दा बढी बच्चा जन्माउन नपाउने र त्यसपछि दुई भन्दा बढी बच्चा जन्माउन नपाउने नीति ल्याइयो । यो नीतिमा परिमार्जन गरी शुक्रबार (अगष्ट २० तारिख) देखि तीन बच्चामा रुपान्तरण भएको हो । 

नेशनल पिपुल्स कांग्रेसको स्थायी समितिले संशोधित जनसंख्या एवं परिवार नियोजन कानून पारित गरेको हो । जसमा चिनियाँ दम्पत्तिलाई तीन जना बच्चा जन्माउन अनुमति दिइएको हो । 

चीनमा महंगी बढ्दै जाँदा दम्पत्तिले कम बच्चा पैदा गरिरहेका छन् । यो चिन्तालाई हटाउन कानूनमा अधिका सामाजिक तथा आर्थिक सहयोगका उपाय पनि खोजिएको छ । 

चिनियाँ सरकारी समाचारपत्र चाइना डेलीका अनुसार नयाँ कानूनमा बच्चा पालन पोषण र शिक्षाको खर्च कम गर्नुका साथै परिवारको बोझ कम गर्नका लागि अर्थ, कर, बिमा, शिक्षा, आवासीय र रोजगार सम्बन्धी सहयोगात्मक कदम पनि उठाइने बताइएको छ । 

चीनमा दशक पुरानो एक बच्चे नीतिलाई रद्द गर्दै सन् २०१६ मा दुई बच्चे नीति ल्याइएको थियो । सन् २०२१ को जुनमा कम्युनिष्ट पार्टीले चीन बच्चे नीति ल्याएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ