arrow

अफगानिस्तानमा तालिबानविरुद्ध मोर्चाबन्दी, तीन जिल्ला मुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ५ शनिबार
taliban-afgan-protest.jpg
तस्वीर–फाइल ।

काठमाडौं । अफगास्तिानमा आतंकवादी समूह तालिबानको कब्जाबाट तीन जिल्ला मुक्त गराइएको दाबी गरिएको छ । सत्ता कब्जा गरेको तालिबानबाट तीन जिल्ला मुक्त गरिएको दाबी गरिएको पझवक अफगान न्यूजले जनाएको छ । 

अब्दुल हामिद दादगरले तालिबानको कब्जामा रहेका अन्द्राब बघलानका तीन जिल्लालाई फिर्ता लिइएको दाबी गरेका हुन् । यसबारेमा तालिबानले अझै केही बताएको छैन । 

तालिबानले सत्ता सञ्चालन गरिरहँदा केही गुट भने कब्जामुक्त गर्ने प्रयासमा लागेका छन् । 

अफगानिस्तानको पंजशीर इलाकामा तालिबानविरुद्ध लड्नका लागि पूर्व सैनिकहरुले मोर्चा तयार गरिरहेका छन् । यसको नेतृत्व अहमद मसूदले गरेका छन् । उनी तालिबानीलाई पराजित गरेका अहमद शाह मसूदका छोरा हुन् । 

मसूदले अमेरिकासँग हतियार मद्धत मागेका छन् । उनले वासिङटन पोष्टमा एक लेखमार्फत तालिबान विरुद्ध लड्न अमेरिकासँग हतियार मागेका हुन् । उनका अनुसार पंजीशर इलाकामा उनीसँग मुजाहिद्धिनका हजारौं लडाकु तयार अवस्थामा छन् । 

यता आफूलाई अफगानिस्तानका कार्याबाहक राष्ट्रपति घोषित गरेका अमरुल्ला सालेह पनि तालिबान विरुद्ध मोर्चा खोलिरहेका छन् । उनी तालिबाविरुद्ध रणनीति बनाइरहेका छन् । उनी पूर्व सैनिक, पुलिस र अन्य समूहसँग एकसाथ मिलेर तालिबानलाई पराजित गर्ने रणनीतिमा रहेको बताइन्छ । 

यसले अफगानिस्तान फेरि रक्तपातयुक्त स्थितिमा पुग्ने दाबी गर्न थालिएको छ । 

तालिबानले सत्ता सम्हाल्न थालेपछि अफगानिस्तानका विभिन्न क्षेत्रमा स्थानीय जनताले तालिबानको विरोध गर्न थालेका छन् । 

राजधानी काबुलमा पनि विस्तारै विरोधका नारा लाग्न थालेका छन् । उक्त विरोधमा महिलाहरुले अगुवाई गरिरहेका छन् । 

अफगानिस्तानको स्वतन्त्रता दिवसको अवसर पारेर देशका विभिन्न स्थानमा झण्डा यात्रा निकालिएको छ । जहाँ तालिबानी झण्डाको विरोध गर्दै राष्ट्रिय ध्वजा फहराइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ