arrow

पूर्व मुख्यमन्त्री सिंहको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ६ आइतबार
kalyan-singh-india-cm.JPG

काठमाडौं । भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री कल्याण सिंहको निधन भएको छ । ३० वर्षअहघि उत्तर प्रदेशका मुख्यमन्त्री बनेपछि अयोध्यामा राम मन्दिर बनाउने शपथ लिएका सिंहको ८९ वर्षको उमेरमा शनिबार निधन भएको हो । उनले एसजीपीजीआईमा अन्तिम सास लिएका हुन् । 

उनी दुई महिनादेखि अस्पतालमा भर्नारत थिए । ७ दिनदेखि उनी भेन्टिलेटरमा रहेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले सिंहको निधनमा शोक व्यक्त गरेका छन् । मुख्यमन्त्री योगी आदित्यनाथले पनि दुःख व्यक्त गरेका छन् । 

सिंहको सोमबार नरौराको गंगातटमा राजनीय सम्मानका साथ अन्त्येष्टि हुनेछ । उनको निधनमा उत्तर प्रदेशमा ३ दिनको राजकीय शोकको घोषणा गरिएको छ । 

उनी ५ जनवरी १९३२ मा जन्मिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ