arrow

तालिबान आतंकः एकमात्र गल्र्स बोर्डिङ स्कुलका छात्राहरुको दस्तावेज जलाइयो  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ६ आइतबार
taliban99.jpg

काठमाडौं । अफगानिस्तानमा तालिबानले सत्ता कब्जामा लिएपछि आतंक झन् बढ्दै गएको छ । त्यसैको रुप स्वरुप अफगानिस्तानको एकमात्र गल्र्स बोर्डिङ स्कुलमा छात्राहरुका सबै दस्तावेज जलाएर खरानी बनाइएको छ । 

उक्त बोर्डिङ स्कुलकी संस्थापक शबाना बासिजले सबै छात्राहरुको दस्तावेज शनिबार राति जलाएकी हुन् । उनले आफ्ना छात्राहरु र उनीहरुका परिवारको सुरक्षाका लागि दस्तावेज जलाएको बताएकी छिन् । 

उनले ट्वीटरमा लेखेकी छिन्, ‘लगभग २० सालपछि अफगानिस्तानमा तात्राहरुको लागि एकमात्र बोर्डिङ स्कुलकी संस्थापक भएको नाताले मैले सबै छात्राहरुको रेकर्ड जलाएकी छु । मैले यो रेकर्ड मेटाउन नभई उनीहरु र उनीहरुका परिवारलाई बचाउनका लागि गरेकी हुँ ।’

विश्वको ध्यान अफगानिस्तानमा रहिरहँदा तालिबानको अतिवादविरुद्ध आवाज पनि उठिरहेका छन् । अफगानीमा तालिबानप्रतिको भरोसा उड्दै गइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ