arrow

अफगानिस्तान मामिलामा ट्रम्पले भने- 'इतिहासकै ठूलो अमेरिकी विदेश नीतिको अपमान'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ६ आइतबार
donald-trump1.jpg

काठमाडौं। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट सेना फिर्ता ल्याउने अमेरिकी निर्णयका बिषयमा राष्ट्रपति जो बाइडेनको कडा आलोचना गरेका छन् ।

पूर्व राष्ट्रपति ट्रम्पले शनिबार बाइडेनको आलोचना गर्दै अफगानिस्तानबाट सेना फिर्ता ल्याउने बाइडेन प्रशासनको प्रक्रिया अमेरिकी इतिहासको 'सबैभन्दा ठूलो विदेश नीति अपमान' भएको बताएका छन् ।

अफगानिस्तान इस्लामीक समुहको हातमा पर्नुको बिषयलाई लिएर सन् २०२४ मा राष्ट्रपतिका लागि उठ्न सक्ने अनुमान गरिएका रिपब्लिकनतर्फका ट्रम्पले डेमोक्रेटका बाइडेनको कडा आलोचना गरिरहेका छन् ।

'अफगानिस्तानबाट बिचलित निकासा देशका लिडरद्वारा अक्षमताको आश्चर्यजनक प्रदर्शन हो', अलबामाको कुलमान शहरमा बोल्दै ट्रम्पले भने ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै तालिवानले अफगानिस्तान लगभग पूर्णरुपा आफ्नो नियन्त्रणमा ल्याएको छ । यसको जिम्मेवार अमेरिका भएको भन्दै धेरै जसोले अमेरिकाको आलोचना गरिरहेका छन् ।

ट्रम्पले पनि बाइडन प्रशासनको आलोचना गरेका हुन् । उनले 'अमेरिकाले सम्मानजनकरुपमा बाहिरिनुपर्ने 'बताउँदै आफ्नो प्रशासन भएको भए 'अपमानजनक तरिकाले नबाहिरिने' टिप्पणी गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ