arrow

अलकायदा र तालिबानबीच बलियो साँठगाँठ रहेको अफगानी गुप्तचर अधिकारीको भनाई

logo
एजेन्सी
प्रकाशित २०७८ भदौ ६ आइतबार
terrorist1.jpg

वासिंगटन। अफगानिस्तानमा तालिबानसँग अलकायदाको बलियो सम्बन्ध रहेको अफगानी अधिकारीले बताएका छन्। तालिबान विद्रोहीसँग आतङ्कवादी सञ्जाल अलकायदाको विश्वले सोचे भन्दा बलियो र गहिरो साँठगाँठ रहेको वरिष्ठ अफगानी गुप्तचर अधिकारीले बताएका हुन्।

आर्थिक सहयोग र बम बनाउने कामको बदलामा तालिबान विद्रोही लडाकु समूहले अलकायदा आतङ्कवादी हरुलाई प्रश्रय र आरक्षण दिइरहेको अफगानी अधिकारीले बताए।

गत वर्ष अफगानिस्तानको दुर्गम गाउँमा सुरक्षाकर्मीको कारबाहीमा एक अलकायदा लडाकु मारिएपछि अलकायदा र तालिबान कति निकट छन् स्पष्ट भएको छ।

अमेरिकी सेना फिर्ता भइरहेको बेला अफगानिस्तानमा थप द्वन्द्व चर्किने विश्लेषण भइरहेको समयमा यस्तो रिपोर्टहरू सार्वजनिक भएका हुन्।

तालिबानले भने कुनै आतङ्कवादी सँग साँठगाँठ नगर्ने र आरक्षण नदिने दाबी गर्दै आएको छ। तालिबानले अमेरिका र अमेरिकी साझेदारहरूको सुरक्षा विरुद्ध कसैलाई पनि अफगानिस्तानको भूमि प्रयोग हुन नदिने प्रतिबद्धता गर्दै आएका छन्। तर तालिबानले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग गरेको यस्तो प्रतिबद्धता मजाक र झुटो रहेको अफगानी अधिकारीले टिप्पणी गरे।

आतङ्कवादी सङ्गठन अलकायदाले विश्वका विभिन्न ठाउँबाट पैसा सङ्कलन गरी तालिबानलाई दिने र आत्मघाती बम आक्रमणबारे रणनीतिक सीप सिकाउँदै आएको उनले दाबी गरे। त्यसको बदलामा तालिबानले अलकायदालाई आरक्षण र प्रश्रय दिने गरेको उनले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ