arrow

चीनको सरकारी कम्पनीले अस्ट्रेलियन कम्पनीलाई टाट पल्टाएको भन्दै आलोचना

logo
एजेन्सी
प्रकाशित २०७८ भदौ ६ आइतबार
liberal-mp-wilson-australia.jpg

बेइजिङ। एक चिनियाँ सरकारी स्वामित्वको फाइनान्सरले अस्ट्रेलियाली कम्पनीलाई स्वामित्व लिनको लागि जानी बुझी भुक्तानीको गलत निर्देशन दिएर टाट पल्टाएको भन्दै अस्ट्रेलियन संसद्मा चर्को आलोचना भएको छ।

अस्ट्रेलियाको सङ्घीय संसद्मा मङ्गलवार दिउँसो पेस गरिएका कागजातहरूका अनुसार चीनको चाइना ताइपिङ इन्स्योरेन्स समूहले गत वर्ष एउटा अस्ट्रेलियाली जनसम्पर्क कम्पनीलाई मिडिया नियन्त्रणको सल्लाह दिन लगाएको थियो। यसको एक संस्थाले सुपरन्युएशन फिनटेक सर्गोन क्यापिटलको अधिग्रहण सुरु गरेकोसमेत जनाइएको छ।

चिनियाँ समर्थकहरूले सन् २०१९ को सेप्टेम्बर र डिसेम्बर क्वार्टरको ब्याज भुक्तानी समयमै नगरेको दाबी गरेपछि जनवरी २०२० मा चाइना ताइपिङको सहायक कम्पनीले  सर्गोनलाई बिक्रीमा राखिएको थियो।

तर सर्गोन र चाइना ताइपिङ दुबैबाट आन्तरिक कागजातहरू सबै भुक्तानीहरू भएको देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ