arrow

भारतमा कोरोना विरुद्धका छ खोपलाई मान्यता, कसको प्रभाव कति ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ६ आइतबार
corona-vaccine-india1.jpg
तस्वीर–फाइल ।

काठमाडौं । भारतमा कोरोना भाइरस विरुद्धका ६ खोपले मान्यता पाएका छन् । माध्यता पाउनेमा कोभिशिल्ड, कोभ्याक्सिन, मोडर्ना, स्पुतनिक भी, जोन्सन एन्ड जोन्सन र जायडस क्याडिला हुन् । 

अहमदाबादको कम्पनी जायजस क्याडिलाले विश्वमै पहिलो डीएनएमा आधारित कोभिड खोप बनाएको हो । परीक्षणका क्रममा यो ६६ प्रतिशत प्रभावी देखिएको छ । कोभ्याक्सिन, स्पुतनिक भी, मोडर्ना र जोन्सनपछि जायडस भारतमा मान्यता पाउने छैटौं खोप हो ।

अहिलेसम्म भारतमा सीरम इन्स्टिच्युटको कोभिशिल्ड, भारत बायोटेकको कोभ्याक्सिन र रुसको स्पुतनिक भीको प्रयोग भइरहेको छ । 

कोभिशिल्ड ९०, कोभ्याक्सिन ८१, मोडर्ना ९४.१, स्पुतनिक भी ९१.६, जोन्सन एन्ड जोन्सन ८५ तथा क्याडिला ६६ प्रतिशत प्रभावकारी रहेको छ । 

क्याडिला खोप १२ वर्षभन्दा माथिकाले लगाउन सक्ने छन् । यो बिना सुई लगाउन सकिने छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ