arrow

कोरोना खोपको तेस्रो डोज उच्च लाभदायी, ह्वात्तै घटायो सङ्क्रमणको जोखिम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
corona-vaccine-covid.jpg

काठमाडौं । कोभिड-१९विरुद्धको खोपको तेस्रो डोजले सङ्क्रमणको जोखिम र गम्भीर बिरामी हुने सम्भावना निकै नै कम गरिदिएको इजरायली अध्ययनले देखाएको छ । कोभिड-१९विरुद्धको फाइजरको खोपको दुई डोज लगाएकाहरूको तुलनामा तीन डोज लगाउनेहरूमा जोखिम निकै नै कम भएको इजरायलको स्वास्थ्य मन्त्रालयको अध्ययनले देखाएको हो ।

बिहीबार यो विवरण इजरायलको स्वास्थ्य मन्त्रालयको खोप विज्ञहरूको बैठकमा प्रस्तुत गरिएको थियो । पछि यो विवरण वेबसाइटमा समेत अपलोड गरिएको थियो । तर, पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार तेस्रो डोज लगाएको १० दिनपछि ६० वर्ष र त्यो भन्दा बढी उमेर समुहमा सङ्क्रमणको जोखिम दोस्रो डोज लगाउनेको भन्दा चार गुणा कम पाइएको हो ।

यस्तै तेस्रो डोजपछि गम्भीर बिरामी हुने र अस्पताल भर्ना हुनुपर्ने अवस्थाको जोखिम पनि पाँच देखि छ गुणा कम भएको छ ।

इजरायलले जुलाई ३० देखि ६० वर्ष भन्दा माथिकालाई कोभिड१९विरुद्धको तेस्रो डोज दिन थालेको थियो ।

अहिले तेस्रो डोजका लागि उमेर समूह ४० वर्षभन्दा कम गरिदिएको छ । यस्तै स्वास्थ्यकर्मी, शिक्षक र गर्भवतीहरूलाई समेत तेस्रो डोज लगाउन स्वीकृत गरिदिएको छ ।

दोस्रो डोज लिएको पाँचदेखि छ महिना भएकाहरूलाई मात्रै तेस्रो डोज लगाइने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ