arrow

अमेरिकालाई तालिबानको चेतावनी- '३१ अगस्तसम्म सबै सेना फिर्ता नलगे परिणाम भोग्नुपर्नेछ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
spokesman taliban.jpg

काठमाडौँ । तालिबानले ३१ अगस्तसम्म आफ्नो सबै सेना फिर्ता लैजान भन्दै अमेरिकालाई चेतावनी दिएको छ । अमेरिकाले यसै अगस्त ३१ सम्ममा अफगानिस्तानबाट आफ्नो सबै सेना फिर्ता लैजाने घोषणा गरेको थियो । 

तर, अमेरिकी राष्ट्रपति जो बाइडेनले ३१ अगस्तसम्म आफ्ना सबै नागरिक फिर्ता लैजान नसके सेना फिर्ता लैजाने मिति पनि लम्बिन सक्ने बताएका थिए । यसबिच तालिबानका प्रवक्ता सुहेल शाहीनले ३१ अगस्तभित्र सबै सेना फिर्ता लगिसक्न भन्दै चेतावनी दिएका हुन् ।

दोहामा 'स्काइ न्युज'सँग बोल्दै तालिबानका प्रवक्ता शाहीनले भनेका छन्, 'अगस्त ३१ रेड लाइन हो । राष्ट्रपति बाइडेनले यो मितिमा सेना फिर्ता लगिसक्ने छन् । बेलायत या अमेरिकाले आवश्यकताबिना सेना फिर्ता लैजाने मिति लम्ब्याउन खोजेमा त्यहाँ यसको परिणाम हुनेछ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ