arrow

तालिबानविरुद्ध फुकियो बिगुल, ५० बढी तालिबानीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
afghanistan-anti-taliban.jpg

काठमाडौं । अफगानिस्तानमा विद्रोही तालिबानविरुद्धको बिगुल फुकिएको छ । तालिबानको कब्जाबाट बचेको पंजशीर घाटीमा भीषण लडाइँ भएको छ । जसमा ५० बढी तालिबान लडाकुको मृत्यु भएको छ ।

कम्तीमा २० जनालाई बन्धक बनाइएको छ । यो भीषण लडाइँमा तालिबानका क्षेत्रीय कमान्डर पनि मारिएको दाबी गरिएको छ । त्यस्तै पंजशीर समर्थक एक लडाकुको पनि ज्यान गएको छ । ६ जना घाइते भएका छन् । 

तालिबान लडाकुले यो घटनापछि पंजशीरलाई माफी नदिने पनि बताएका छन् । पंजशीर घाटीमात्र त्यस्तो क्षेत्र हो जहाँ अझै तालिबानले नियन्त्रणमा लिन सकेको छैन । 

त्यहाँ विद्रोहको अगुवाई गरिरहेका अहमद मसूद लडाइँका लागि तयार रहेका छन् । नर्दन अलायन्सको नेतृत्व गरिरहेका मसूदले युद्धको तयारी रहेको बताउँदै यदि निकासका लागि वार्ता हुन्छ भने त्यसका लागि पनि तयार रहेको बताएका छन् । 

त्यहाँ तालिबानसँग टक्कर लिन ९ हजारको फौज तयार रहेको मसूदले बताएका छन् । 

तालिबानले भने पंजशीरलाई तीनतिरबाट घेरा हालिएको भन्दै उक्त क्षेत्र आफूहरुको नियन्त्रणमा रहेको दाबी गरेको छ । विभिन्न सूत्रको प्रयोग गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरुले पंजशीरमा तीन सय तालिबान लडाकु मारिएको दाबीसमेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ