arrow

भारतमा एकैदिन मात्र ११ हजार संक्रमित थपिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
corona-india-test5.jpg
तस्वीर–फाइल ।

काठमाडौं । भारतमा सोमबार मात्र ११ हजार ३८५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । कुनै समय ४ लाखको हाराहारीमा संक्रमित थपिँदै गएकामा अहिले त्यो संख्या घटेर ११ हजारमा झरेको छ । 

त्यसैगरी १७ हजार ५७५ जनालाई निको भएको छ । योसँगै सक्रिय संक्रमित पनि ह्वात्तै घटेका छन् । भारतमा हाल ३ लाख २१ हजार ८७७ जनामात्र सक्रिय संक्रमित रहेका छन् । 

सोमबार २६७ जनाको ज्यान गएको छ । अहिलेसम्म भारतमा ४ लाख ३५ हजार ५१ जनाको ज्यान गइसकेको छ । भारतमा अहिलेसम्म ५८ करोड २५ लाख ४९ हजार ५९५ जनाले कोरोनाको खोप लगाएका छन् ।

जसमा दुवै डोज खोप लगाउने कुल जनसंख्याको ९.८ प्रतिशत हुन् । एक डोज खोप लगाउने ३३.९ प्रतिशत हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ