arrow

तालिवानकाे क्रूरता : अफगान प्रहरी प्रमुखको विभत्स हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
Haji-Mullah-Achakzai.jpg

काठमाडौँ । तालिवानको आलोचना गर्दै अफगान प्रहरी प्रमुखको क्रूर हत्या भएको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

उक्त भिडियो अफगानिस्तानको बदघिस प्रान्तको हेरातका प्रहरी प्रमुख हाजी मल्लाह अचकजाइको रहेको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् । 

तालिवानका प्रवक्ताले अब, महिला एवं अन्य मानवअधिकारका कुराहरू प्राथमिकतामा रहने भन्दै आएका बेला आत्मसमर्पण गरेका प्रहरी अधिकारीको क्रूर हत्या गरेको विषयलाई लिएर तालिवानको चर्को आलोचना भइरहेको छ ।

उक्त भिडियोमा प्रहरी प्रमुख अचकजाइको आँखामा पट्टी बाँधेको देखिन्छ । त्यसपछि उनको शरीरमा एकै चोटि कयौँ गोली प्रहार भएको भिडियामा देख्न सकिन्छ ।

यसबाहेक तालिवानले ३ सय ४० भन्दा बढी राजनीतिक कैदीहरूलाई समेत जेलबाट निकालेको छ । तालिवानले कब्जा गरेसँगै अफगानिस्तानको अवस्था झनै विराल बन्दै गएको छ । कयौँले देश छोडिरहेका छन्, भने अफगानिस्तानमा हिंसा बढ्न थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ