arrow

२८ अमेरिकी विमानले अफगानिस्तानबाट एकै दिनमा लग्याे १० हजार भन्दा बढी नागरिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
us military jet afghanistan.PNG

काठमाडौँ । अमेरिकाले अफगानिस्तानबाट एकै दिन १० हजार भन्दा बढी नागरिकलाई सुरक्षित तरिकाले उद्धार गरेको छ । सोमबार बिहानसम्म २८ वटा अमेरिकी सैन्य विमानले १० हजार ४ सय नागरिकलाई अफगानिस्तानबाट लगेको हो ।

आजै थप १७ वटा सी १७ विमानले थप ६ हजार ६ सय ६० नागरिकलाई अफगानिस्तानबाट उद्धार गर्ने ह्वाइट हाउसले जनाएको छ । यद्यपि, तालिवानकाे कडाइका कारण थुप्रै अमेरिकी र अन्य नागरिकहरुलाई विमानस्थलसम्मै पुग्न समस्या हुन थालेको छ ।

अमेरिकाले विमानस्थल बाहिर रहेका नागरिकहरूलाई हेलिकप्टरमार्फत विमानस्थलसम्म पुर्‍याएको छ । आफ्ना नागरिकहरूलाई सुरक्षित तरिकाले विमानस्थलसम्म र अफगानिस्तानबाट बाहिर ल्याउन अमेरिकाले तालिवानसँग वार्ता गरिरहेको छ । 

तालिवानले ३१ अगस्टभित्रै आफ्ना सबै सेना फिर्ता लगिसक्न भन्दै अमेरिकालाई चेतावनी समेत दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ