- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा (एमाले) को मंगलवार ११ बजेको लागि तय गरिएकोे स्थायी कमिटीको बैठक थप तयारीसहित दिउँसो ३ बजे बस्ने भएको छ ।
सो पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा मंगलवार दिउँसो बस्ने जानकारी दिए ।
सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीका अन्य सदस्यको छलफलपछि १० बुँदे सहमतिको सिफारिस कार्यान्वयन गर्ने समझदारी भएको बताइएको छ ।