कमला ह्यारिसले भनिन्- 'दक्षिण चीन सागरमा चीनको दबाब र धम्की जारी छ'
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
2.1k
Shares
काठमाडौँ। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बेइजिङले साउथ चाइना सी (दक्षिण चीन सागरमा) दबाब र धम्की जारी राखेको बताएकी छन् । भियतनाम जानुअघि सिंगापुर भ्रमणमा रहँदा उपराष्ट्रपति ह्यारिसले वासिंगटनले खुला र स्वतन्त्र इन्डो-प्यासिफिकलाई पछ्याउने बताएकी हुन् ।
''हामीले थाहा छ बेइजिङले तर्साउन र दक्षिण चीन सागरको धेरै जसो भागमा आफ्नो दाबी गर्न जबरजस्ती जारी राखेको छ । यो अवैधानिक दाबी २०१६मा मध्यस्थ न्यायाधिकरणले अस्वीकार गरिसकेको छ । बेइजिङको कदमले नियममा आधारित आदेश कमजोर बनाएको छ र राष्ट्रहरूको सार्वभौमसत्तालाई खतरा सिर्जना गरेको छ ।'' सिंगापुरमा सम्बोधनका क्रममा ह्यारिसले भनिन् ।
चीनले मध्यस्थ न्यायाधिकरणको आदेशलाई अस्वीकार गर्दे साउथ चाइना सीमा आफ्नो दाबी नाइन डास लाइनका आधारमा जारी राखेको छ । यो विषयलाई लिएर थुप्रै राष्ट्रहरूले चीनको आलोचना गर्दै आएका छन् ।