arrow

रुस र दक्षिण कोरियाली आणविक दूतबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
South-Korea.jpg

सोल । रुस र दक्षिण कोरियाली आणविक दूतका बीचमा कोरियाली प्रायद्वीपका विषयमा छलफल भएको बताइएको छ । 

दक्षिण कोरियाली विदेश मन्त्रालयले सो विषयमा जानकारी दिएको हो । उक्त मन्त्रालयका अनुसार दुई देशका आणविका दूतका बीचमा कोरियाली प्रायःद्वीपको पछिल्लो गतिविधि र अवस्थाका बारेमा कुराकानी भएको हो । 

कोरियाली प्रायःद्वीपका लागि दक्षिण कोरियाली विशेष दूत नो क्यु डुकले रुसी उप विदेशमन्त्री बीच मंगलबार कुराकानी भएको हो । 

रुसी उप विदेशमन्त्री इगोर मोरगुलोभ छ दिनको भ्रमणका लागि हिजो दक्षिण कोरिया पुगेका छन्। उनी कोरियाली प्रायद्वीपका लागि रुसी विशेष दूत हुन् । 

उनीहरुका बीचमा कोरियाली प्रायःद्वीपको पछिल्लो अवस्थाका साथै सो क्षेत्रमा अपनाउनुपर्ने निशस्त्रीकरणका बारेमा पनि आवश्यक छलफल भएको कोरियाली विदेश मन्त्रालयले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ