arrow

बन्दुकको मार

तालिबानका कारण अफगानीलाई असरः अमेरिकासहित ६० बढी देशले रोके आर्थिक सहयोग 

तालिबानलाई चीनको मात्र साथ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ९ बुधबार
taliban99.jpg

काठमाडौं । अफगानिस्तानमा सत्ता कब्जा गरेको सशस्त्र विद्रोही तालिबानका कारण देशले भने ठूलो मूल्य चुकाउनु परेको छ । तालिबानका कारण अमेरिकासहित ६० बढी देशले दिँदै आएको आर्थिक सहयोग रोक्ने घोषणा गरेका छन् । 

तालिबानको कब्जापछि अमेरिकी बैंकमा मौजुद रहेको अफगानिस्तान सरकारको खाता पनि सील गरिदिएको छ । अफगानिस्तान केन्द्रीय बैंकको विदेशी भण्डारमा जम्मा भएको ९ बिलियन डलरमध्ये करिब ७ बिलियन डलर फेडरल रिजर्भ बैंक अफ न्यूयोर्कसँग छ । 

अमेरिकाको जो बाइडेन प्रशासनले पहिले नै यो रकम सिज गरेको थियो । बाँकी रकम पनि तालिबानलाई नजाओस् भनी कोसिस जारी राखेको छ । 

आगामी चार वर्षका अफगानिस्तानलाई १२ बिलियन डलर दिनका लागि ६० बढ िदेशले गत नोभेम्बर महिनामा सम्झौता गरेका थिए । अब यो रकम अफगानिस्तानले पाउने सम्भावना कम हुँदै आएको छ । 

त्यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि अफगानिस्तानलाई दिने ४६० मिलियन डलर निकाल्न रोक लगाएको छ । 

जर्मनीले पनि तालिबानको कब्जापछि अफगानिस्तानलाई दिएको मद्धत रोक्ने निर्णय गरेको छ । त्यस्तै युरोपियन युनियन (ईयू) ले पनि अफगानी अधिकारीहरुबाट स्थिति स्पष्ट नपारुन्जेलसम्म कुनै रकम भुक्तानी नगर्ने बताएको छ । 

चीनको साथ
चीनले भने तालिबानलाई साथ दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अफगानिस्तानको कमजोर अवस्था हुनुमा अमेरिका जिम्मेवार रहेको आरोप लगाएका छन् । 

उनले अफगानिस्तानलाई यो हालतमा छाडेर अमेरिका फिर्ता जान नसक्ने पनि बताएका छन् । उनले अफगानिस्तानलाई मजबुद बनाउन चीनले महत्वपूर्ण कदम उठाउने पनि बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ