arrow

तालिबानको प्रतिबन्ध, महिलालाई घर बाहिर ननिस्कन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ९ बुधबार
afghanistan-women.jpg

काठमाडौं । अफगानिस्तानमा तालिबानको क्रुरता कायमै रहेको छ । उसले श्रमजीवी महिलालाई घर बाहिर ननिस्कन निर्देशन दिएको छ । उसले तत्कालका लागि कुनै पनि पेशा र व्यवसायमा आवद्ध महिलालाई घर बाहिर ननिस्कन निर्देशन दिएको हो । 

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी महिलाहरुको सुरक्षा सुनिश्चित नभएसम्म घर बाहिर ननिस्कन निर्देशन दिएको बीबीसीले लेखेको छ । नौ दिनअघि अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले महिला असुरक्षित भएको भन्दै यस्तो कदम चालेको पनि बताएको छ । 

संयुक्त राष्ट्र संघले हालै अफगानिस्तानको पछिल्लो स्थितिको बिश्लेषण गरी त्यहाँका महिलाहरु असुरक्षित रहेको बताएको थियो । सोही विश्लेषणलाई आधार मानेर तालिबानले यस्तो निर्देशन दिएको पनि मुजाहिदले बताएका छन् । 

उनले अमेरिकाले बिना कारण अफगान नागरिकहरुलाई देश छोड्न प्रोत्साहित गरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न चेतावनीसमेत दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ