arrow

चिनियाँ प्रविधि कम्पनीहरूद्वारा प्रजनन दर बढाउनका लागि ओभरटाइमको प्रावधान रद्द

logo
एजेन्सी
प्रकाशित २०७८ भदौ ९ बुधबार
china-child.jpg

बेइजिङ। चीनको जनसङ्ख्यामा आएको गिरावटका कारण चिनियाँ सरकार अहिले गम्भीर तनावको अवस्थामा रहेको छ। यही गतिमा जन्मदर घट्दै जाने हो भने चीनमा सङ्कटको अवस्था आउन सक्ने जनसाङ्ख्यिक विज्ञहरूले बताएका छन्।

जन्मदर बढाउनका लागि चिनियाँ सरकारले विभिन्न उपायहरूको अवलम्बन गरिरहेको छ। कम्पनीमा धेरै समय काम गर्नुपर्ने प्रावधानलाई पनि कटौती गर्न थालेको छ।

चिनियाँ टेक कम्पनी एवं छोटो भिडियो एप टिकटकको निर्माता बाइटडान्सले चाँडै आफ्नो सप्ताहन्तको ओभरटाइम काम गर्नुपर्ने प्रावधान हटाउने भएको छ। चीनका अन्य दुई मुख्य टेक फर्महरूले भने यसअघि नै उक्त प्रावधान हटाइसकेका छन्।

ठुला टेक्नोलोजी फर्महरू कामदारहरूको कामको जीवन सन्तुलन सुधार गर्नको लागी नवजात शिशुहरूको घट्दो सङ्ख्या बढाउने र श्रम कानुनहरूसँग जुध्नको लागी राष्ट्रिय उद्देश्य अनुरूप आफ्ना नियमहरू लागु गर्न थालेका छन्।

चीनले सन् २०१५ मा वान चाइल्ड पोलिसी हटाए पनि जनसङ्ख्या ओरोलो लागेपछि चीनले तीन बच्चा पाउने दम्पतीलाई पुरस्कार दिने प्रावधान सुरु गरेको हो। बढ्दो बेरोजगारी, कामको तनाव, महँगी, आधारभूत आवश्यकतामा सहज पहुँच नहुनुलगायतका विभिन्न कारणहरूले गर्दा दम्पतीहरूले बच्चा पाउन नचाहने र एकभन्दा बढी बच्चा पाउन नचाहने गरेका छन्।

यसले गर्दा चीनको जनसाङ्ख्यिक सन्तुलनमा सङ्कट सिर्जना भएको छ । यस सङ्कटको समाधान गर्न विभिन्न प्याकेज र प्रस्तावहरू सरकारले अघि सारिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ