arrow

ईपीएलका लागि नेपाल आउनु अघी नै साहिद अफ्रिदीको भ्रमण विवादमा

logo
एजेन्सी
प्रकाशित २०७८ भदौ ९ बुधबार
Shahid-Afridi.jpg.jpeg

काठमाडौँ। पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन्। भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन्।

ईपीएलको फ्रेन्चाइज काठमाडौँ किंग्स ११ बाट अफ्रिदीले खेल्नेछन्। टेलेहो लिडिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौँले सोमबार अफ्रिदीलाई आइकोनिक प्लेअरको रूपमा ल्याएको हो।

४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि २७ टेस्ट, ३९८ ओडिआई र ९९ टी २० आई खेलेका छन्। पाकिस्तानका पूर्व कप्तान समेत रहेका अफ्रिदीले तीन फर्म्याटमा गरी ११ हजारभन्दा बढी रन बनाएका छन्। उनले पछिल्लो पटक मुल्तान सुल्तानबाट पाकिस्तान सुपर लिग खेलेका थिए।

आगामी सेप्टेम्बर २५ देखि ९ अक्टोबरसम्म हुने ईपीएलमा काठमाडौँसहित ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।

अफ्रिदीको नेपाल यात्राले क्रिकेट दुनियाँमा खुसीयाली ल्याउने भए पनि आतङ्कवादी समूहसँग उनको पारिवारिक संलग्नता विवादमा परेको छ।

अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिक वृत्तमा यो विषयको आलोचना भइरहेको छ। शाहिदका भाइ साकिब अफ्रिदी सन् २००३ सेप्टेम्बर ७ मा काश्मीरमा भएको आतङ्कवादी आक्रमणका क्रममा मारिएका थिए। 

आतङ्कवादी समूह हारकट उल अन्सार नामको आतङ्कवादी समूहका सदस्य रहेको साकिबको भारतीय सीमा सुरक्षा बलसँगको भिडन्तका क्रममा मारिएका थिए।

उक्त आतङ्कवादी समूहको पछि नाम परिवर्तन गर्दै लस्कर इ तैबा राखिएको थियो। यस समूहलाई ग्लोबल टेरोरिस्टको सूचीमा राखिएको छ। साकिबको मृत्युपछि शाहिदले भारत सरकारको चर्को आलोचना गरेका थिए।

भूराजनीति निकै जटिल भएको अवस्थामा अफ्रिदीको नेपाल यात्रालाई निकै गम्भीरतापूर्वक लिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ