arrow

अगस्त ३१ मै अफगानिस्तानबाट सेनासहित बाहिरिने बाइडेनको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ९ बुधबार
joe-biden2.jpg

काठमाडौँ। अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका अफगानिस्तानबाट अगस्त ३१ मा बाहिरिने निश्चित भएको बताएका छन् । मङ्गलवार राष्ट्रपति बाइडेनले जति चाँडो त्यति राम्रो भन्दै ३१ अगस्तमै अफगानिस्तानबाट बाहिरिने बताएका हुन् ।

यद्यपि, उनले केहि दिनअघि अमेरिकाले चाहेमा अफगानिस्तानबाट बाहिरिने मिति केही समय लम्ब्याउन सक्ने बताएका थिए ।

सन् २००१ देखि अमेरिकाले अफगानिस्तानबाट लडाकु समूहविरुद्ध युद्ध शुरु गरेको थियो । २० वर्षपछि सन् २०२१ को अगस्त ३१ मा युद्ध समाप्त गर्दै अफगानिस्तानबाट बाहिरिने निर्णय अमेरिकाले गरेको हो ।

अमेरिका बाहिरिने भएसँगै तालिबानले अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको हो । अमेरिकी समर्थनको अफगान सरकारका राष्ट्रपति अशरफ घनीले देश छोडिसकेका छन् ।

तालिबानले अमेरिकालाई ३१ अगस्तभित्रै अफगानिस्तान छोड्न भन्दै चेतावनीसमेत दिएको थियो । अमेरिकाले अफगानिस्तान युद्धमा २० वर्षसम्म झन्डै ३० खर्ब अमेरिकी डलर खर्च गरेको अनुमान छ ।

तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएसँगै त्यहाँबाट सबै राष्ट्रहरूले आफ्ना नागरिक फिर्ता ल्याइरहेका छन् । अमेरिकी सेनाले अगस्त १४ यता झन्डै ७० हजार जनाको उद्धार गरेको बताएको छ ।

बाइडेनले मङ्गलवार ह्वाइट हाउसमा बोल्दै आफ्नो सेनालाई खतरा भएका कारण जति चाँडो अफगानिस्तानबाट बाहिर निस्कन सक्याे त्यति राम्रो हुने बताएका हुन् । 

अमेरिकाले अफगानिस्तान युद्धमा हात हाले पनि तालिबान लगायतका लडाकु समूहको अन्त्य नहुँदा र अहिले तालिबानकै नियन्त्रणमा अफगानिस्तान पर्दा अमेरिकाको चर्काे आलोचनासमेत भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ