arrow

केरलमा कोरोना अनियन्त्रित, थपिएका संक्रमितमा दुई तिहाई केरलका 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ९ बुधबार
corona-india-test5.jpg
तस्वीर–फाइल ।

नयाँ दिल्ली । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा ३७ हजार ५९३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सङ्क्रमितको सङ्ख्या २४ हजार २९६ जना केरल राज्यको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

केरलमा पछिल्लो समय निरन्तर संक्रमित बढ्दै गएसँगै दोस्रो स्थानमा रहेको छ । अहिलेसम्म केरलमा ३८ लाख ५२ हजार संक्रमित पुगिसकेका छन् । केरलमा अहिलेसम्म १९ हजार ७५७ जनाको ज्यान गइसकेको छ । हाल केरलमा सक्रिय संक्रमितको संख्या १ लाख ६० हजार पुगिसकेको छ । यो संख्या भारतमै कुल संक्रमितको आधा भन्दा बढी हो । 

योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २५ लाख १२ हजार ३६६ जना पुगेको छ । पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्या २५ हजारदेखि ४० हजारको बीचमा रहँदै आएको छ  ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ६४८ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल चार लाख ३५ हजार ७५८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएका छन् । 

मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ३४ हजार १६९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड १७ लाख ५४ हजार २८१ पुगेको सो मन्त्रालयले जनाएको छ ।  यहाँ हाल ९७।६७ प्रतिशत व्यक्ति कोरोना भाइरसबाट मुक्त भएका छन्  ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने तीन लाख २२ हजार ३२७ पुगेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या कुल सङ्क्रमितको ०.९९ प्रतिशत हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ