arrow

चीनमा युवा बेरोजगारको सङ्ख्यामा वृद्धि

logo
एजेन्सी
प्रकाशित २०७८ भदौ ९ बुधबार
china-flag.png
फाइल तस्बिर

बेइजिङ। राष्ट्रिय तथ्याङ्क ब्युरोले जारी गरेको पछिल्लो रिपोर्ट अनुसार चीनको बेरोजगारी दर तीव्र रूपमा वृद्धि भएको छ। जुलाई देखि सहरी क्षेत्रमा बेरोजगारी दर बढेको उक्त रिपोर्टमा उल्लेख छ। विशेषगरि स्नातक तह पास गरेकाहरू बढी बेरोजगार भएका हुन्।

उक्त रिपोर्टका अनुसार बेरोजगारी दर जुलाई महिनामा ५.१ प्रतिशत रहेको छ र जुन महिनामा उक्त दर ५ प्रतिशत रहेको थियो।

फुडन विश्वविद्यालय र क्यापिटल युनिभर्सिटी अफ इकोनोमिक्स एण्ड बिजनेसका शिक्षाविद् याओ काई र झा चेंगालेका अनुसार १६.२ प्रतिशत युवाहरू १६ देखि २४ वर्षका रहेको यो सङ्ख्या जुनमा १५.४ प्रतिशत रहेको जनाएका छन्।

प्राध्यापकहरूले कोभिड १९ महामारी दोहरिने चिन्ता, बाढी र चिनियाँ उद्योगमा सरकारले जारी गरेको नियन्त्रणमुखी नियमका कारण यो दर बढेको पनि बताएका छन्।

सन् २०२१ मा चिनियाँ विश्वविद्यालयहरूबाट ९ मिलियन विद्यार्थीहरू स्नातक तह पास गरिसक्ने अवस्थामा यो दरमा बेरोजगारी बढ्नु निकै ठुलो चिन्ता र सङ्कटको विषय भएकोसमेत जनाइएको छ । प्राध्यापकहरूले चीन एक गम्भीर र कठिन मोडमा पुगेको स्पष्ट हुने जनाइएको छ।

यो विकास हुनुभन्दा केही महिना अगाडी, चीनले आफ्नो सातौँ राष्ट्रिय जनगणनाको जारी डेटामा देशको श्रम शक्तिको आकार र कुल जनसङ्ख्याको अनुपात दुबैमा गिरावट रहेको छ। विज्ञहरूले औँल्याए अनुसार युवाहरूमा रोजगारको दबाब अझै ठुलो छ।

शिक्षा मन्त्रालयले रोजगारको वातावरण अझै जटिल र कठिन हुने र स्थिर रोजगार सुनिश्चित गर्न सबै विभागहरू मिलेर काम गरिरहेको बताएका छन् । 

यस क्षेत्रका विशेषज्ञहरूले चीनको कामकाजी उमेर जनसङ्ख्या घट्ने क्रम जारी रहेको र त्यहाँ छोटो अवधिमा कुनै श्रम सङ्कट हुने र युवाहरूमा रोजगारको दबाब भारी रहने आङ्कलन गरेका  छन् । 

ग्लोबल टाइम्सका अनुसार गत वर्ष सेप्टेम्बरदेखि चीन सरकार स्नातक अध्ययन गरिरहेकाहरूलाई सुरक्षित गर्नको लागि काम गरिरहेका छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ