arrow

पार्टीभित्र कोही तानाशाह बन्न खोजे विधि विधान अनुसार तह लगाइनेछ : नेता सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १० बिहिबार
prakashman-manaladevi.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाकै कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधि विधान अनुरुप वितरण हुन नसकेको आरोप लगाएका छन् ।

प्रथम महिला नेतृ मंगलादेवी सिंहको २५ औं स्मृति दिवसको उपलक्ष्यमा नेपाल महिला संघ काठमाडौं जिल्लाले शोभा भगवतिमा विहीबार आयोजन गरेको मल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको क्रियाशील सदस्यता वितरण विधि विधान अनुरुप वितरण नभएकाले समस्या देखिएको बताएका हुन् ।

क्रियाशील विवादलाई पार्टी सभापतिले जतिसक्दो छिटो प्रक्रिया अनुसार टुङ्ग्याउनुपर्ने उनको भनाइ छ ।  ‘क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएको छ । फाइनल लिस्टलाई तत्काल सार्वजनिक गर्नु पर्दछ’ उनले भने ।  ‘विधि र प्रक्रिया अनुसार महाधिबेशन गर्नुपर्नेमा उनको जोड थियो ।

साथै उनले कांग्रेस तानाशाहलाई ढालेर आएको पार्टी भएको स्मरण गराउँदै पार्टीभित्र कोही तानाशाह बन्न खोजे विधि विधानअनुरुप तह लगाउनेसमेत चेतावनी दिए ।

क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने भन्दै बुधवारबाट जिल्ला सभापतिहरुले समेत अनशन थाल्दा पनि पार्टी नेतृत्वले ध्यान दिन नसकेको उनले बताए । कार्यक्रममा नेपाली कांग्रेस काठमाडौ जिल्ला सभापति सबुझ बानियाँ, पूर्वमन्त्री राजेन्द्र कुमार केसीलगायत नेता कार्यकर्ताको सभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ