मिसावट पाइएपछि मोडर्नाको १६ लाख डोज खोपमा जापानले लगायो रोक
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १० बिहिबार
1.7k
Shares
काठमाडौं । मिसावट पाइएपछि जापानले कोभिड१९विरुद्धको मोडर्ना खोपको १६ लाख डोज निलम्बन गरेको छ । जापानको स्वास्थ्य मन्त्रालयले ५ लाख ६० हजार डोजको सेटका केही खोपमा अन्य पदार्थ (फरेन मेटेरियल्स) पाइएको बताएको हाे ।
जापानमा मोडर्ना खोप बेच्ने र वितरण गर्ने टाकेडा फार्मास्यूटिकलले आशङ्काकै कारण खोपको तीन ब्याचमा मोडर्नाले समेत रोक लगाएको बताएको छ ।
स्पेनको उत्पादन साइटबाट समस्या उत्पन्न भएको हुनसक्ने टाकेडाको आशङ्का छ । यद्यपि, उसले थप जानकारी दिएको छैन ।
अहिलेसम्म सुरक्षा र प्रभावकारितामा कुनै समस्या नदेखिएको र नियामक र टाकेडासँगेको सहकार्यमा मिसावटकोबारेमा अनुसन्धान गर्ने मोडर्नाले बताएको छ ।
खोपमा कस्तो किसिमको मिसावट हो भनेर जानकारी नभए पनि ससाना कणहरूको मिसावट भएको बताइएको छ ।