arrow

क्वाड राष्ट्रका नौसेना लडाकु विमान र पनडुब्बीसहित समुद्रमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १० बिहिबार
quard-countrys.JPG

 

आइएनएन । क्वाड राष्ट्रहरूका नौसेनाले बिहीबारबाट  हिन्द-प्रशान्त क्षेत्रमा समुद्री अभ्यास सुरु गरेका छन् । क्वाड राष्ट्रहरू भारत, अमेरिका, अस्ट्रेलिया र जापान का नौसेना मालाबार -२१ अभ्यास को "समुद्री चरण" मा भाग लिएका हुन् । 

भारतीय  रक्षा मन्त्रालयका अनुसार मालाबार -२१ अभ्यासमा सतह विरोधी, हवाई विरोधी र पनडुब्बी विरोधी युद्धाभ्यास गरिनेछ।‌‌‌‌‌‌‌‌‌‌‌‌साथै अन्य रणनीतिक अभ्यास र जटिल अभ्यासहरू पनि गरिनेछ। सो अभ्यासमा भाग लिने नौसेनाहरुले विनाशक विमान, लडाकु विमान, पनडुब्बी, हेलिकप्टर तथा लामो दूरी का समुद्री गस्ती विमानहरू सहित सैन्य अभ्यास गर्ने छन्।

भारतीय नौसेना (आईएन) को तर्फबाट वीएसएम, पूर्वी बेडाका अधिकारी, रियर एडमिरल तरुण सोबतीको नेतृत्वमा आईएनएस शिवालिक, आईएनएस कदमत र पी८आई गस्ती विमान ले सहभागिता जनाउनेछन्।

त्यस्तै अमेरिकी नौसेनाका तर्फबाट यूएसएस बैरी, यूएसएनएस रप्पाहैनॉक, यूएसएनएस बिग हार्न र पी ८ ए गस्ती विमान भाग लिनेछ। जापानी समुद्री आत्मरक्षा बल (जेएमएसडीएफ) को प्रतिनिधित्व पनडुब्बी, पी १ गस्ती विमान, जेएस कागा, मुरासामे र शिरानुई ले गर्नेछन्।  त्यस्तै शाही अस्ट्रेलियाली नौसेना को प्रतिनिधित्व एचएमएस वाररामुंगा ले गर्नेछ।

पूर्व मालाबार २०२१
मालाबार नौसेना अभ्यासको बन्दरगाह चरण अगस्त २१ तारिख देखि २४ सम्म अमेरिकाको गुआममा आयोजना भएको थियो।  यस मालाबार अभ्यास को उद्देश्य क्वाड राष्ट्र का नौसेना बिच अन्तरक्रिया तथा साझेदारी वृद्धि गर्नु रहेको छ। यस अभ्यासको अन्तिम लक्ष्य सामुद्रिक क्षेत्र मा क्वाड राष्ट्र को क्षमता प्रदर्शन गर्नु रहेको छ।‌

‌यस मालाबार अभ्यासको प्रथम संस्करण को आयोजना सन् १९९२ मा आइएन-युएसएन अभ्यासको रूपमा भएको थियो। सन् २०१५ मा जेएमएसडिएफ मालाबार मा एक स्थायी सदस्यको रूप मा सामेल भएको थियो। सन् २०२० मा शाही अस्ट्रेलियाली नौसेनाले यस अभ्यास मा आफ्नो सहभागिता जनाएका थिए।

यस वर्ष पूर्व मालाबार को २५ औँ संस्करण को आयोजना भएको थियो। युएसएन ले पश्चिमी प्रशान्तमा यस अभ्यासको आयोजना गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ